default_image

8 years ago

September 16, 2017

प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वाटफर्डको सामना गर्दै

101 views

0 Bookmark

वाटफोर्ड (एजेन्सी) – प्रिमियर लिगको अंकतालिकामा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी आज बेलुका वाटफोर्डको सामना गर्दै छ । सिजनमा बलियो सुरुवात गरेको वाटफोर्ड पनि तालिकाको चौथो स्थानमा रहेको छ ।

म्यानचेस्टर सिटीका कप्तान भिन्सेन्ट कम्पनी पिडौंलाको चोटबाट ठिक भइसके पनि आजको खेलमा सुरुवात भने नगर्ने सम्भावना छ । च्याम्पियन्स लिगमा फेयेनूर्डसँग ४-० को जितपश्चात प्रशिक्षक पेप गुवार्डियोलाले केहि खेलाडि हेरफेर गर्न सक्ने छन् । अर्को तर्फ वाटफोर्डका लागि मिडफिल्डर रोबेर्टो पेरेरा चोटपछि टोलीमा फर्किरहे पनि रक्षापंक्तिमा अझै धेरै खेलाडिहरु घाइते रहेका छन् ।

त्यस्तै गएसाता म्यानचेस्टर सिटीसँग ५-० ले हारेको लिभरपुल आज बर्नलीसँग एनफिल्डमा भिड्दै छ । बर्नलीले भने आफ्नो अघिल्लो खेलमा क्रिस्टल प्यालेसलाई १-० ले हराएको थियो । लिभरपुलका लागि साडियो माने सिटीसँग पाएको रेड कार्डपछि खेल्न प्रतिबन्धित छन् भने अर्का मिडफिल्डर फिलिप कौटिन्हो टोलीमा आगमन गर्ने सम्भावना रहेको छ । बर्नलीले पनि आफ्ना गोलरक्षक टम हिटनलाई चोटका कारण गुमाउने छन् ।

म्यानचेस्टर सिटी र लिभरपुल जस्तै उपाधि दाबेदार अर्को टोलि टोटनह्याम हटस्पर आज राति स्वान्सि सिटीलाई वेम्ब्लीमा निम्त्याउँदै छ ।एभर्टनसँगको अघिल्लो लिग खेलमा राम्रो लयमा देखिएको टोटनह्याम आफ्नो च्याम्पियन्स लिगमा बोरुसिया डर्टमन्ड माथिको ३-१ जितबाट ताजै रहेको छ ।

नेपाली समय अनुसार आजका सबै प्रिमियर लिग खेलहरु –

क्रिस्टल प्यालेस विरुद्ध साउथह्याम्पटन – ५.१५ बजे

हडर्सफिल्ड विरुद्ध लेस्टर सिटी – ७.४५ बजे

वेस्ट ब्रोम विरुद्ध वेस्ट ह्याम – ७.४५ बजे

लिभरपुल विरुद्ध बर्नली – ७.४५ बजे

वाटफर्ड विरुद्ध म्यानचेस्टर सिटी – ७.४५ बजे

न्युकासल विरुद्ध स्टोक सिटी – ७.४५ बजे

 

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.