8 years ago
September 16, 2017
वाटफर्ड (एजेन्सी) – प्रिमियर लिगमा फरवार्ड सर्जियो अगुइरोको ह्याट्रिकको मद्दतले म्यानचेस्टर सिटीले वाटफर्डलाई ६-० को फराकिलो गोल अन्तरले हराएको छ । यस जितसँगै म्यानचेस्टर सिटी अंकतालिकाको अग्रस्थानमा उक्लेको छ ।

खेलको २७ औँ मिनेटमा पहिलो गोल गर्दै अगुइरोले सिटीको गोलको खाता खोलेका थिए । त्यसको ४ मिनेटपछि नै उनले डेभिड सिल्भाको पासमार्फत सिटीको अग्रता दोब्बर बनाएका थिए । सिटीका अर्का फरवार्ड गाब्रियल जेससले ३७ औँ मिनेटमा अगुएरोकै पास सदुपयोग गर्दै स्कोर ३-० बनाएका थिए ।
दोस्रो हाफमा पनि सिटी थप तीन गोल थप्न सफल भएको थियो । डिफेन्डर निकोलस ओटामेन्डिले हेडरमार्फत चौथो गोल गरे भने खेलको ८१ औँ मिनेटमा सिटीको पांचौँ गोल गर्दै अगुइरोले आफ्नो ह्याट्रिक पनि पूरा गरेका थिए । खेलको अन्तिम समयतिर रहिम स्टेर्लिङ स्वयमले जितेका पेनाल्टीलाई गोलमा परिणत गर्दै सिटीको खेलको छैठौँ गोल गर्न सफल भए ।
त्यस्तै लिभरपुल भने आफ्नो घरेलु मैदानमा बर्नलीसँग १-१ को बराबरीमा रोकिन पुग्यो । स्कट आर्फिल्डले बर्नलीलाई खेलको २७ औँ मिनेटमा अग्रता दिलाए पनि मोहम्मद सालाले त्यसको तीन मिनेटमै गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए । त्यस पछि लिभरपुलले खेल आफ्नो पक्षमा पार्ने कैंयौँ प्रयास गरे पनि सो प्रयास विफल भएको थियो ।
अन्य खेलमा स्टेभेन डेभिसको गोलको मद्दतले साउथह्याम्पटन क्रिस्टल प्यालेसलाई १-० ले हराउन सफल रह्यो । यो हारसँगै प्यालेस सिजनका पाँच खेलमा अंकविहीन र गोलविहीन रहेको छ । वेस्ट ब्रोमले वेस्ट ह्यामसँग गोलरहित बराबरी खेल्यो भने हडर्सफिल्ड र लेस्टरको खेल पनि १-१ मा टुङ्गियो । न्युकासलले आफ्नो जितको यात्रालाई निरन्तरता दिँदै स्टोक सिटीलाई २-१ ले हराउन सफल भयो । हिजो रातिको प्रिमियर लिग खेलमा भने सिजनको पहिलो जित दर्ता गर्दै बर्नमाउथले ब्राइटनलाई २-१ ले हराएको थियो ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]