8 years ago
September 17, 2017
गेटाफे (एजेन्सी) – बार्सिलोनाले ला लिगाको चौथो खेलसम्म पुग्दा शत प्रतिशत नतिजालाई निरन्तरता दिदा एउटा धक्का पनि बेहोरेको छ । गेटाफेसँग शनिबारको खेलमा कीर्तिमानी सम्झौतामा भित्राएका औसमाने डेम्बेलेलाई चोट लागेको छ ।

खेलको २० औं मिनेटमा बल अघि बढाउने क्रममा उनले हैमस्ट्रिङमा असहजता महसुस गरेपछि मैदानमा लडेका थिए । डेम्बेलेले खेल्न नसक्ने भएपछि बेन्चतर्फ इसारा गरेपछि उनको स्थानमा जेरार्ड डेलेफिउ मैदान प्रवेश गरेका थिए । डेम्बेलेको चोटको बारेमा थप जानकारी परिक्षण पछि आउनेछ ।
यसै सिजन बोरुसिया डर्टमाउन्डबाट कीर्तिमानी रकममा बार्सिलोना पुगेका डेम्बेलेले पहिलो पटक प्रशिक्षक एर्नेस्टो भाल्भर्देको सुरुआती रोजाइमा स्थान बनाएका थिए । बार्सिलोनाले अर्का नयाँ खेलाडी पौलिन्होको निर्णायक गोलमा गेटाफेलाई २–१ ले हराएको थियो ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]