default_image

8 years ago

September 17, 2017

प्रिमियर लिगमा टोटनह्याम रोकियो

133 views

0 Bookmark

लण्डन (एजेन्सी) –  प्रिमियर लिगमा गए राति टोटनह्यामले स्वान्सि सिटीसँग गोलरहित बराबरी खेलेको छ । यस नतिजासँगै प्रिमियर लिगमा टोटनह्यामले वेम्ब्लीमा आफ्नो खराब प्रदर्शनलाई जारी राखेको छ ।

टोटनह्यामले खेलभरि पकड जमाए पनि गोल भने गर्न सकेको थिएन । तुलनात्मक रुपमा बलियो देखिएको टोटनह्याम विरुद्ध स्वान्सिलाई १ अंक दिलाउन गोलरक्षक लुकास फाबियान्स्की नायक रहे ।

पहिलो हाफमा फाबियान्स्कीले ह्यारी केन र हिउङ मिन सनको प्रहारको राम्रो बचाउ गरेका थिए । फाबियान्स्कीले दोस्रो हाफमा पनि केनलाई दुई चोटि गोल गर्नबाट बन्चित गरे । फाबियान्स्कीको तुलनामा टोटनह्यामका गोलरक्षक हिउगो लोरिसले एक बचाऊ पनि गर्न नपरेका थिएन ।

आफ्नो घरलु मैदान व्हाइट हार्ट लेनमा मर्मत चलिरहँदा टोटनह्यामले यस सिजन सबै घरेलु खेल वेम्ब्लीमा खेल्दै छ । वेब्लीमा खेलिएका ३ लिग खेलमा टोटनह्यामको २ बराबरी र एक हार रहेको छ ।

यस बराबरीसँगै आठ अंक सहित टोटनह्याम तालिकाको पांचौँ स्थानमा रहेको छ भने ५ अंक सहित स्वान्सि १४ औँ स्थानमा रहेको छ ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.