default_image

8 years ago

September 17, 2017

रियल म्याड्रिड सोसिएडाडसँग भिड्दै

131 views

0 Bookmark

दोनोस्टिया (एजेन्सी) – ला लिगाको सिजनमा खराब सुरुवात गरेको रियल म्याड्रिड आज रियल सोसिएडाडसँग भिड्दै छ । रियल म्याड्रिडले सिजन को ३ खेलमा १ जित र २ बराबरी खेलेको छ भने सोसिएडाडले आफ्ना तीनै खेल जित्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।

 

रियलका लागि क्रिस्टियानो रोनाल्डो र मार्सेलो रातो कार्ड पाएकाले खेल्न प्रतिबन्धित छन् । त्यस्तै रियलका स्ट्राइकर करिम बेन्जिमा पनि चोटका कारण खेलमा सहभागी हुने छैनन् । त्यसैले यस खेलमा इस्को र मार्को एसेन्सियोले ग्यारेथ बेलका साथ रियलको अग्रपंक्ति सम्हाल्ने छन् ।

यस सिजन राम्रो लयमा देखिएको रियल सोसिएडाडले भने खासै धेरै परिवर्तन गर्ने सम्भावना छैन । सोसिएडाडले ला लिगामा गत साता डेपोर्टिभोलाई ४-२ ले हराएको थियो भने बिहिबारको युरोपा लिगको खेलमा रोजेनबर्गलाई ४-० ले हराएको थियो । सोसिएडाडका डिफेन्डर इनिगो मार्टिनेज हल्का चोटिल रहे पनि खेलमा सुरु गर्ने सम्भावन रहेको छ । खेल आज राती नेपाली समय अनुसार १२३० बजे सुरु हुने छ ।

अन्य ला लिगाका खेलहरु

आलाभेस विरुद्ध भिलारियल ३.४५ बजे

जिरोना विरुद्ध सेभिल्ला ८.०० बजे

लास पालमास विरुद्ध एथ्लेटिक बिलबाओ १०.१५ बजे

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.