default_image

8 years ago

September 17, 2017

आर्सनल र चेल्सी भिड्दै, सान्चेज र हाजार्ड बेन्चमा

128 views

0 Bookmark

लण्डन (एजेन्सी) –  स्ट्यामफोर्ड ब्रिजमा आर्सनल र चेल्सी नेपाली समय अनुसार आज ६.१५ बजे भिड्दै छन् । लिगमा आफ्ना अघिल्ला तीन खेल जितेको चेल्सी तालिकामा तेस्रो स्थानमा रहेको छ भने ४ खेलमा २ जित र २ हारसँग आर्सनल अंकतालिकाको १२ औँ स्थानमा रहेको छ ।

आर्सनल युरोपा लिगमा कोलोनमाथिको ३-१ जितबाट ताजै छ भने चेल्सी पनि मङ्गलबार खेलिएको आफ्नो च्याम्पियन्स लिग खेलमा काराबागलाई ६-० ले हराएको थियो । आर्सनलले यस खेलमा एलेक्सिस सान्चेजलाई बेन्चमै राख्ने भएको छ । आर्सनलका अर्का स्टार खेलाडी मेसुट ओजिल भने टोलीसँग भ्रमण नै गरेका छैनन् ।

उनीहरुको स्थान एलेक्स इवोबि र ड्यानियल वेल्ब्याकले लिनेछन् । यस्तै चेल्सीको तर्फबाट उनका स्टार खेलाडी एडेन हाजार्ड पनि बेन्चबाटै खेल सुरु गर्ने छन् । काराबाग विरुद्ध राम्रो प्रदर्शन गरे पनि नयाँ खेलाडी डेभिड जापाकोस्टा पनि सुरुवाती ११ मा परेका छैनन् । मिडफिल्डमा चेल्सीले टेमो बाकायोकोको साटो आर्सनलका पूर्व खेलाडी सेस्क फाब्रिग्यास खेलाउँदै छन । चेल्सीले आफ्ना अघिल्ला १८ मध्ये १६ घरेलु खेल जितेको छ भने आर्सनल विरुद्ध पछिल्ला ५ घरेलु खेलमा जित हांसिल गरेको छ ।

आर्सनल र चेल्सीको सुरुवाती ११

आर्सनल – चेक, कोसियल्नि, मुस्ताफि, मोनरीयाल; कोलासिनाच, जाका, राम्जि, बेल्लेरिन; इवोबि, वेलब्याक, लाकाजेट

चेल्सी – कोर्टुवा; केहिल, लुइज, एज्पिलिक्वेटा; अलोन्सो, कान्टे, फाब्रिग्यास, मोजेज; विलियन, पेड्रो, मोराटा

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.