default_image

8 years ago

September 17, 2017

चेल्सी र आर्सनलले गोलरहित बराबरी खेले

109 views

0 Bookmark

लण्डन (एजेन्सी) – लण्डनका दुई प्रिमियर लिगका उपाधि दाबेदार टोली चेल्सी र आर्सनलले स्ट्यामफर्ड ब्रिजमा गोलरहित बराबरी खेलेका छन् । खेलको अन्तिम समयतिर चेल्सीका रक्षक डेभिड लुइजले रातो कार्ड पाएपछि चेल्सीले खेल १० खेलाडिमा सकाएको थियो ।

David Luiz

आर्सनलले खेलमा राम्रो सुरुवात गर्दै पहिलो हाफमा पकड जमाएको थियो । आर्सनलका आरोन राम्जीले रक्षकहरुलाई छक्याउँदै ४३ औँ मिनेटमा गरेको प्रहार गोलपोस्टमा लागेको थियो । त्यस्तै चेल्सीका लागि पेड्रोले पहिलो हाफको सबैभन्दा राम्रो अवसर पाएका थिए ।

आर्सनलका गोलरक्षक पिटर चेकसँगको एक-विरुद्ध-एकको मौका उनले बललाई राम्ररी नियन्त्रण लिन सक्दा गोल गर्नबाट चुकेका थिए । दोस्रो हाफमा भने खेलमा फर्कँदै चेल्सीले खेललाई नियन्त्रणमा लिएको थियो । बेन्चबाट मैदान भित्रिएका एडेन हाजार्डको कडा प्रहारलाई पिटर चेकले सजिलैले छेकेका थिए । आर्सनलका स्कोड्रान मुस्ताफीको हेडर गोललाई रेफ्रिले सहि ढङ्गमा अफसाइड पनि दिएका थिए ।

खेलको अन्तिम समयतिर भने डेभिड लुइजले सिड कोलासिनाचमाथि गरेको खराब ट्याकल बापत उनले रेड कार्ड पाएका थिए । त्यसपछि चेल्सीले खेलको अन्तिम पाँच मिनेट १० खेलाडिमै सीमित भई खेलेको थियो । यस नतिजासँगै चेल्सी १० अंकसहित तेस्रो स्थानमा छ भने पाँच खेलमा सात अंक बटुल्दै आर्सनल भने तालिकाको बाह्रौँ स्थानमा छ ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.