default_image

8 years ago

September 17, 2017

बार्सिलोनाका डेम्बेले चार महिना मैदान बाहिर

118 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका नयाँ खेलाडी औसमाने डेम्बेले चोटका कारण चार महिनासम्म खेल्न नसक्ने क्लबले जनाएको छ ।

Dembele

यो सिजन कीर्तिमानी रकममा जर्मनीको बोरुसिया डर्टमाउन्डबाट बार्सिलोनासँग आबद्ध डेम्बेले गए राती गेटाफेसँगको खेलमा चोटका कारण पहिलो हाफमा बाहिरिएका थिए । बार्सिलोनाका लागि तेस्रो खेल खेल्ने क्रममा चोट बोकेको डेम्बेले पहिलो पटक प्रशिक्षक एर्नेस्टो भाल्भर्देको पहिलो रोजाइमा परेका थिए ।

‘डेम्बेले ३ महिना देखि ४ महिनासम्म मैदानबाट बाहिर रहनेछनु ,’ बार्सिलोनाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । त्यस्तै डेम्बेलेले फिनल्यान्डमा शल्यक्रिया गर्ने पनि बार्सिलोनाले जनाएको छ ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.