default_image

8 years ago

September 17, 2017

युभेन्ट्सको जितमा डायबालाको ह्याट्रिक

104 views

0 Bookmark

सासुओलो (एजेन्सी)– पाउलो डायबालाको उत्कृष्ट प्रदर्शनको मद्दतले इटालियन सिरी ए मा युभेन्ट्सले सासुओलोलाई ३–१ ले हराएको छ । अर्जेन्टिनी फरवार्ड डायबालाले ह्याट्रिक पुरा गरेपछि भ्रमणकारी युभेन्ट्सले लिगमा लगातार चौथो जित हासिल गर्यो ।

Dybala

डायबालाले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए । ४९ औं मिनेटमा डायबालाले अर्को गोल थपे । घरेलु टोलीले ५१ औं मिनेटमा म्याटिओ पोलिटानोको गोलमा खेलमा फर्किने प्रयास गर्यो । तर, डायबालाले ६३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि युभेन्टसको सहज बनेको थियो ।

अन्य खेलमा नापोलीको सहज जितमा ड्राएस मेर्टेन्सले पनि ह्याट्रिक पुरा गरे । घरेलु मैदानमा नापोलीले बेनेभेन्टोलाई ६–० ले हराउँदै ४ खेलमा १२ अंक जाडेपछि नापोली गोलअन्तरमा शीर्षस्थानमा रहेको छ ।

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

Success

Thank you for your time.