default_image

8 years ago

September 17, 2017

एभर्टनमाथि युनाइटेडको जित

113 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – खेलको अन्त्यतिर ८ मिनेटमा ३ गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा आज एभर्टनलाई ४–० ले हराएको छ । युनाइटेडको जितमा पहिलो हाफमा एन्टोनिया भ्यालेन्सिया र दोस्रो हाफमा हेनरिक माकीतेरियन, रोमेलु लुकाकु र एन्थोनी मार्सियलले गोल गरे ।

Lukaku

खेलको चौथो मिनेटमा भ्यालेन्सियाले गोल गरे । नेमान्जा म्याटिचको पासलाई सदुपयोग गर्दै भ्यालेन्सियाले उत्कृष्ट गोल गरेपछि युनाइटेले सुरुमै अग्रता लियो । लुकाकुको पासमा ८३ औं मिनेटमा माकीतेरियनले गोल गरे । ८९ औं मिनेटमा लुकाकुले गोल गरे । इन्जुरी समयमा मार्सियलले पेनाल्टीमा गोल गर्दै गोलअन्तरलाई बढाए ।

५ खेलमा ४ जित र १ बराबरीसँगै १३ अंक सहित युनाइटेड अंक तालिकामा दोस्रो स्थानमा छ । समान अंक रहेको म्यानचेस्टर सिटी गोलअन्तर अगाडि छ ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.