8 years ago
September 18, 2017
दोनोस्टिया (एजेन्सी)– स्पेनिस आलोचकहरुको मुख बन्द लगाउने क्रममा ग्यारेथ बेलले गोल गरेको ला लिगाको गए रातीको खेलमा रियल म्याड्रिडले रियल सोसिडाडलाई हराएको छ । बेलले ६१ औं मिनेटमा गोल गरको खेलमा रियलले ३–१ विजयी भएको थियो । यो जितपछि रियलले अंक तालिकाको चौथो स्थानमा उक्लेको छ ।
खेलमा रियलले बोरजा मायोरोलको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमै कभिन रोड्रिग्वेजको आत्मघाती गोलबाट रियल अन्तर दोब्बर भएको थियो । त्यसअघि २८ औं मिनेटमा केभिनले नै घरेलु टोलीका लागि बराबरी गोल गरेका थिए । बेलले दोस्रो हाफमा गोल गरेपछि रियलले तेस्रो खेलमा पहिलो जित दर्ता गरेको छ ।
क्रिस्टियानो रोनाल्डो विनाको रियलले अघिल्ला दुई खेलमा बराबरीमा रोकिएको थियो । सुपर कपमा रेफ्रीलाई धक्का दिएका कारण रोनाल्डोमाथि ५ खेलको प्रतिबन्ध थियो । अब अर्को खेलबाट रियल टोलीमा फर्कनेछन् । ४ खेलपछि रियलको ८ अंक पुगेको छ । सबै ४ खेल जितेको बार्सिलोना १२ अंकसहित शीर्षस्थानमा रहेको छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]