8 years ago
September 18, 2017
पेरिस (एजेन्सी) – आफ्नो घरेलु मैदानमा लियोनलाई २-० ले हराउँदै पेरिस सेन्ट जर्मन (पिएसजी) ले आफ्नो जितको यात्रालाई निरन्तरता दिएको छ । खेलमा लियोनका खेलाडीले दुईवटा आत्मघाती गोल समेत गरेका थिए ।
पिएसजीका स्टार फरवार्ड एडिन्सन काभानी, नेयमार र किलियन बाप्पे फेरी एकै साथ मैदानमा देखापरेका थिए । पिएसजीले पुरै खेलभरी आफ्नो राम्रो पकड बनाउन सफल भएको थियो । पहिलो हाफमा नेयमारका दुई प्रहारलाई गोलरक्षक एन्थोनि लोपेजले छेकेका थिए । अर्को तर्फ लियोनका फरवार्डले भने पिएसजीका गोलरक्षक एल्फोन्से अरिओलालाई खासै समस्या दिन सकेका थिएनन् ।
दोस्रो हाफमा लियोन पनि आक्रामक रुपमा प्रस्तुत भएको थियो । मिडफिल्डर तानगुइ एनडोम्बेलेले गरेको लामो दुरीको प्रहार क्रसबारमा लागेर फर्केको पनि थियो । तर पिएसजीले आफ्नो स्तर प्रमाणित गर्दै दोस्रो हाफमै दुई गोल गर्न सफल भयो ।
खेलको ७५ औँ मिनेटमा काभानीले गर्न खोजेका प्रहार रक्षक मार्सेलोलाई लागेर गोल भएको थियो । त्यस्तै डिफेन्डर जेरेमी मोरेलले खेलको ८६ औँ मिनेटमा अर्को आत्मघाती गोल गरेपछि पिएसजीको जित सुनिश्चित भएको हो । गोलरक्षकले बचाउ गरेको बाप्पेको प्रहार मोरेललाई लागेर बलले गोलपोस्टको दिशा लिएको थियो ।
खेलको छलफलको विषय भने काभानी र नेयमार बीचको विवाद भएको हो । डि-बक्सबाहिर पिएसजीले पाएको फ्रि-किक ड्यानि एल्भेसले नेयमारलाई हान्न लगाएपछि काभानी आक्रोशित भएका थिए । त्यसै गरी बाप्पेलाई लियोनका रक्षकले लडाउँदा पिएसजीले दोर्स्रो हाफमा पेनाल्टी समेत पाएको थियो । नेयमारले सो पेनाल्टी लिन खोजे पनि काभानी मानेका थिएनन् । काभानीको त्यो पेनाल्टी गोलरक्षकले बचाऊ गरेका थिए ।
यस सिजनको ६ खेलमा ६ जितसँगै पिएसजी अंकतालिकाको शीर्षस्थानमा रहेको छ भने सिजनको पहिलो हारपश्चात लियोन तालिकाको पांचौँ स्थानमा झरेको छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]