8 years ago
September 18, 2017
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक उनाई इर्मीले इडिन्सन काभानी र नेयमारले पेनाल्टी र फ्रिकिकका विषयमा हुने समस्या आपसी सहमतिमा टुंगाउन सुझाएका छन् ।
लियोनलाई आइतबार २–० ले हराएको खेलमा नेयमार र काभानीबीच विवाद भएको थियो । पेनाल्टी बक्स बाहिर पिएसजीले पाएको फ्रि किक ड्यानी एल्भेसले नेयमारलाई हान्न लगाएपछि काभानी आक्रोषित भएका थिए । त्यस्तै केलियन बाप्पेलाई लियोनका रक्षकले लडाउँदा पिएसजीले दोस्रो हाफमा पेनाल्टी समेत पाएको थियो । नेयमारले सो पेनाल्टी लिन खोजे पनि काभानी मानेका थिएनन् । काभानीको प्रहार गरेको पेनाल्टी गोलकिपरले बचाएका थिए ।
प्रशिक्षक इर्मीले उनीबीचको असमझादरी हटाउनु पर्नेमा जोड दिएका छन् । यदि त्यस्तो हुन नसक्दा आफुले हस्तक्षेप गर्नुपर्ने उनले बताएका छन् । ‘ मैले उनीहरुलाई आपसी असमझारी हटाउन भनेको छु । पेनाल्टी हाम्रोमा थोरै खेलाडीले मात्र हान्छन् । त्यसमा काभानी एक हुन् हो भने अर्को नेयमार’ उनले भने, ‘कसले पेनाल्टी हान्ने भन्नेमा भलाद्मी सहमति गर्दा हुन्छ । यो नितान्त आन्तरिक विषय हो । किनकी दुवै पेनाल्टी हान्न सक्षम छन् । त्यसका लागि मैले उनीहरुलाई सहमति गर्न भनेको छु ।’
सहमती हुन नसक्दा भने आफुले हस्तक्षेप गर्नुपर्ने प्रशिक्षक इर्मीले प्रष्ट पारेका छन् । उनले भने, ‘यदि त्यहा सहमति भएन भने म निर्णय लिनेछु । यो समस्याका रुपमा रहोस् भन्ने हामी चाहदैनौं ।’ पिएसजीले यो सिजनमा दमदार सुरुआत गरेको छ । टोली सिजनका सबै ६ खेल जित्दै १८ अंकका साथ शीर्षस्थानमा रहेको छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]