8 years ago
September 18, 2017
म्यानचेस्टर (एजेन्सी)– मादक पदार्थ सेवन गरि गाडी चलाएको आरोप स्वीकार गरेको एभर्टनका स्ट्राइकर वायन रुनीलाई अदालतले कारवाहीसहित जरिवाना तोकेको छ । सेप्टेम्बर १ को बिहान इङल्यान्डको चेसायरमा मादक पदार्थ सेवन गर्दै गाडी चलाएको रुनीले अदालत सामू स्वीकार गरेका छन् ।
अदालतले उनलाई २ वर्ष सम्म गाडी चलाउन प्रतिबन्धित गर्ने सजाय सुनाएको छ । गाडी चलाउँदा मादक पदार्थको मात्रा ३५ माइक्रो ग्राम्स भन्दा कम हुनु पर्ने अवस्थामा सो रात उनको सेवनको मात्रा १०४ माइक्रो ग्राम्सको भेटिएको थियो ।सजाय सुनाएपछि रुनीले ट्विटमार्फत समर्थक लगायत सबैसँग माफी मागेका छन् ।
रुनीले ट्विट गरेका छन् ‘म सार्वजनिक रूपमा माफी माग्न चाहन्छु । मैले परिवार, एभर्टनका प्रशिक्षक, अध्यक्ष र सबै सदस्यसँग यसअघि नै माफी मागेको छु । आज म आफ्ना समर्थकहरुसँग र जो कोहीले मेरो खेल जीवनमा मलाई साथ दिनु भएको छ सबैसँग माफी चाहन्छु । ’
रुनी त्यस रात गाडीमा कोही महिलासँग देखा परेको भन्ने खबर पनि आएको थियो । त्यो घटनापछि रुनी र उनकी श्रीमतीबीचको सम्बन्ध पनि चिसिन थालेको बताइन्छ । उनकी श्रीमती कोलिन रुनीले सम्बन्ध बिच्छेदको माग समेत गरेकी छिन् ।
आफ्नो र सडकमा रहेका अरुको ज्यान जोखिममा राखेकाले रुनीले सजाय पाएको न्यायधीशले बताएका छन् । तर रुनी सामुदायिक कार्यमा संलग्न भएकाले उनीमाथि धेरै ठूलो कारवाही नभएको बताइएको छ । अदालतले रुनीको दुई हप्ताको तलब समेत काट्ने सजाय पनि सुनाएको छ । इङल्यान्डका पूर्व कप्तान र सर्वाधिक गोलकर्ता रुनी म्यानचेस्टर युनाइटेडबाट १३ वर्षपछि एभर्टन फर्केका थिए ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]