default_image

8 years ago

September 19, 2017

नेयमार वा काभानी : पिएसजीको पेनाल्टी कसले लिँदा ठिक ?

89 views

0 Bookmark

पेरिस (एजेन्सी) – लिग वानमा आइतबार लियोन विरुद्धको २–० जितमा पेरिस सेन्ट जर्मन (पिएसजी) का तर्फबाट पेनाल्टी नेयमार र एडिन्सन काभानीमध्ये कसले हान्ने भन्ने विवाद सिर्जना भएको थियो । अन्तिममा काभानीले त्यो पेनाल्टी लिए, तर उनी त्यसमा गोल गर्नबाट चुके ।

पेनाल्टीले खेल नै उल्ट्याउन सक्ने भएकोले यसलाई फुटबल खेलको निकै महत्वपूर्ण पक्ष मानिन्छ । अझ पिएसजी जस्तो छिटो गतिमा खेल्ने टोलीविरुद्ध धेरै फाउल हुने हुँदा पेनाल्टी पाउने सम्भावना अझ बढ्दो हुने गर्छ । केही वर्षयता काभानी पिएसजीमा काभानी पेनाल्टी हान्ने पहिलो रोजाईमा छन् ।

पिएसजीबाट उनले लिएका २० पेनाल्टीमध्ये १७ वटा प्रहारले जाली चुमेको छ । आइतबारको पेनाल्टीसहित उनी ३ वटामा चुकेका छन् । खेल जीवनभर उनले लिएका ४७ पेनाल्टीमा उनी केवल ११ वटामा चुकेका छन् । उनी आफ्ना पूर्व क्लब नेपोली र उरुग्वेको राष्ट्रिय टोलीका पनि पहिलो रोजाईकै पेनाल्टीकर्ता हुन् ।

नेयमारले भने बार्सिलोना हुँदा लियोनल मेस्सीसँग पेनाल्टीको जिम्मेवारी बाँड्ने गर्थे । गत सिजन उनले बार्सिलोनाबाट ५ पेनाल्टी हान्न पाएका थिए । त्यसमा उनले ४ लाई गोलमा परिणत गर्न सफल भएका थिए । यसैगरी उनी म्यानचेस्टर विरुद्धको च्याम्पियन्स लिगको खेलमा भने पेनाल्टीमा चुकेका थिए ।

नेयमारले खेल जीवनमा ४० पेनाल्टी लिएका छन्, जसमा उनी केवल ८ वटामा चुकेका छन् । २०१४÷१५ को सिजनमा बार्सिलोना भित्रिएका नेयमारले त्यहाँ हुँदा लिएका १८ मध्ये १२ पेनाल्टीलाई गोलमा परिणत गर्न सफल भएका थिए । तथ्याङ्क हेर्दा दुवै नेयमार र काभानी पेनाल्टीमा गोल गर्न उत्तिकै दक्ष छन् ।

पिएसजीका प्रशिक्षक उनाई इर्मीले समेत यो विषयमा बोलिसकेका छन् । आपसी सहमतिलाई प्राथमिकता दिएको तर चाहिए आफैँले सो निर्णयमा हस्तक्षेप गर्ने उनले प्रष्ट पारिसकेका छन् । त्यसैले सिजनभरी पाउने कैंयौँ पटक पाउने सम्भावना भएको पेनाल्टीको जिम्मेवारी काभानी र नेयमारले एकआपसमा बाँड्दा व्यक्तिगत रुपमा र टोलीको एकता दुवैको लागि उत्तम हुने देखिन्छ ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.