8 years ago
September 19, 2017
अबुधाबी (एजेन्सी)– रियल म्याड्रिडले फ्रान्सेली स्ट्राइकर केलियन बाप्पेलाई नलिएकोमा क्लबका पूर्व स्ट्राइकर फर्नान्डो मोरियन्ट्सले खुसी व्यक्त गरेका छन् । उनले रियलमा जान युवा स्ट्राइकरले अर्को स्तरमा पुग्नु पर्ने बताएका छन् ।
यो सिजन बाप्पले रियल जाने निकै चर्चा चलेको थियो । अन्ततः उनी मोनाकोबाट लोनमा अर्को फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । रियलका समर्थकले पनि बाप्पेलाई टोलीमा देख्न चाहेका थिए । तर, मोरियन्ट्सले युरोपियन च्याम्पियनलाई अहिले बाप्पेको आवश्यकता नरहेको बताएका छन् । अबुधाबीको एक कार्यक्रममा भाग लिएपछि मोरियन्ट्सले भने,‘पछिल्लो सिजन रियलको उत्कृष्ट रह्यो , त्यसले धेरै खेलाडी किन्नु आवश्यक छैन ।’
रियल र बाप्पलेबीच सम्झौता नहुदा सन्तुष देखिएका उनले थपे, ‘जति बेला नयाँ खेलाडीको आवश्यकता महसुस गरिन्छ । किनिन्छ अनि सिजनको अन्त्य खराब ढंगले हुन्छ । मलाई लाग्छ रियलले खेलाडीलाई धेरै ठूलो परिवर्तन ल्याएन । त्यो ठिक छ । ’यद्दपी उनले बाप्पलेको क्षमताको प्रशंसा पनि गरे । तर, पनि रियलको स्तरका लागि अझै तयार नभनसकेको बताए । ‘बाप्पे राम्रो खेलाडी हुन् । उनका लागि अर्को स्तरमा जाने अवसर पनि छ ’ उनले भने, ‘अर्को स्तरमा पुगेपछि मात्र रियलमा खेल्ने मौका पाइन्छ । रियलमा खेल्नका लागि उत्कृष्ट मध्येको एक हुन जरुरी छ । ’
बाप्पलेले पिएसजीमा कस्तो प्रदर्शन गर्दछन् त्यसका आधारमा उनको स्तरको बारेमा बताउन सकिने मोरियन्ट्सले बताए । नेयमारसहित बाप्पलेलाई भित्राउन ठूलो खर्च गरेको पिएसजीले यसपटक युरोपियन च्याम्पियन्स लिगमा उच्च प्रदर्शन गर्ने अपेक्षा गरेको छ । घरेलु लिगमा भने टोली उत्कृष्ट सुरुआत गर्ने क्रममा सबै ६ खेल जितिसकेको छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]