default_image

8 years ago

September 19, 2017

बार्सिलोना एबारसँग भिड्दै

160 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – स्पेनिस लिगको अग्रस्थानमा रहेको बार्सिलोना ला लिगा अन्तर्गत आज राति घरेलु मैदानमा एबारको सामना गर्दै छ । खेल नेपाली समय अनुसार रातिको १.४५ बजे सुरु हुने छ ।

Barcelona

बार्सिलोनाले यस खेलमा आफ्ना नव खेलाडी उस्माने डेम्बेलेलाई गुमाउने छन् । गेटाफेसँगको अघिल्लो खेलमा घाइते भएका डेम्बेले तीनदेखि चार महिनाका लागि खेल्न नसक्ने बताइएको छ । उनको स्थान जेरार्ड डेउलेफेउले लिने सम्भावना धेरै छ ।

बार्सिलोना आफ्नो शतप्रतिशत सुरुवातलाई तुलनात्मक रुपमा कमजोर रहेको एबार विरुद्ध निरन्तरता दिन खोज्ने छ । यसैगरी एबारका लागि रक्षक इभान रमिस भने पिंडौलाको चोटका कारण खेल्न नसक्लान् । दुवै टोलीले सुरुवाती ११ मा अरु धेरै परिवर्तन नगर्ने सम्भावना छ ।

बार्सिलोनाले अघिल्ला १४ घरेलु खेलहरुमा जित दर्ता गर्न सफल भएको छ । बार्सिलोनाले एबारसँगको पछील्ला ६ खेलमा पनि जित हांसिल गरेको छ । यस सिजनका ४ खेल जितेको बार्सिलोना लिगमा अग्रस्थानमा छ भने एबार २ जित र २ हार सहित तालिकाको १० औँ स्थानमा रहेको छ ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.