8 years ago
September 19, 2017
पेरिस (एजेन्सी) – एडिन्सन काभानी र नेयमारलाई आइतबार रातिको लिग १ को खेलपछि ड्रेसिङ्ग रुममा छुट्टाछुट्टै राख्न परेको बताइएको छ । लियोनमाथि पिएसजीले २-० ले जितेको खेलमा काभानी र नेयमार बीच पेनाल्टी र फ्रिकिक कसले हान्ने भन्ने विषयमा खेलमै विवाद भएको थियो । पिएसजीले खेल सजिलैले जिते पनि काभानी र नेयमार त्यस खेलका चर्चाका विषय बनेका छन् ।
काभानीले लिन खोजेको फ्रिकिकलाई ड्यानी एल्भेसले नेयमारलाई हान्न लगाएका थिए । त्यसै गरी किलियन बाप्पेलाई लियोनका रक्षकले डि-बक्स भित्र लडाउँदा पिएसजीले पेनाल्टी जितेको थियो । काभानी पिएसजीका नियमित पेनाल्टीकर्ता भएकाले उनले नै त्यो पेनाल्टी लिन अघि बढेका थिए ।
नेयमार सो पेनाल्टी लिन इच्छुक देखिए पनि काभानीले नेयमारलाई पछि हटाएका थिए । तर काभानी त्यो पेनाल्टीमा चुकेपछी थप तनाव सिर्जना भएको थियो । ती फ्रिकिक र पेनाल्टीको घटनापश्चात काभानी र नेयमार स्पष्ट रुपमा एकअर्कासँग असन्तुष्ट देखिन्थे । तर खेल सकिएपछी पनि दुई खेलाडी बीच असहमति नसकिएको भन्ने खबर फ्रान्सको पत्रिका लेक्युपले जनाएको छ ।
टोलीका अन्य खेलाडीहरुले समेत काभानी र नेयमार बीच ठुलो विवाद नचर्कियोस् भनेर हस्तक्षेप गर्दै उनीहरुलाई छुट्टै राख्न परेको बताइएको छ । पिएसजीका प्रशिक्षक उनाइ एम्रीले समेत काभानी र नेयमारलाई पेनाल्टी र फ्रिकिकको जिम्मेवारी आफैँ सल्ट्याउन अह्राएका छन् । सहमति हुन नसके उनले आफैँ त्यो निर्णयमा हस्तक्षेप गर्ने समेत उनले प्रष्ठ पारिसकेका छन् ।
गत साल बार्सिलोनामा फ्रिकिक र पेनाल्टी जस्ता जिम्मेवारी लियोनल मेस्सीसँग बाड्ने गरेका नेयमार यसै सिजन पिएसजीमा विश्वकै महँगो खेलाडीका रुपमा आएका हुन् । पिएसजीका लागि नेयमारले सबै प्रतियोगितामा ५ गोल गरिसकेका छन् भने काभानीको ११ गोल रहेको छ । पिएसजी शतप्रतिशत नतिजासहित घरेलु लिगको शीर्ष स्थानमा रहेको छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]