default_image

8 years ago

September 20, 2017

बार्सिलोनाको जितमा मेस्सीको ४ गोल

142 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले ला लिगामा एबारलाई ६-१ ले हराउँदै शतप्रतिशत नतिजालाई निरन्तरता दिएको छ । लियोनल मेस्सी एक्लैको ४ गोलले बार्सिलोनाले सहज जित हासिल गर्यो ।

messi

खेलको २० औं मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाए । नेल्सन सेमेडोलाई एलेजान्द्रो गाल्भेजले लडाएपछि पाएको पेनाल्टीलाई मेस्सीले सदुपयोग गरेका हुन् । बार्सिलोनाले भ्रमणकारी टोलीमाथि थप दबाब सिर्जना गर्दै पौलिनोको ३८ औं मिनेटको गोलमा अग्रता दोबर गर्यो ।

पहिलो हाफमा २-० को अग्रता लिएको घरेलु टोलीले दोस्रो हाफमा पाहुना टोलीमाथि दबाब जारि राख्यो । डेनिस स्वारेजले ५३ औं मिनेटमा गोल गरे भने मेस्सीले दोस्रो हाफमा थप ३ गोल गरे ।

५९ औं र ६२ औं मिनेटमा गोल गर्दै ला लिगामा अर्को ह्याट्रिक पुरा गरेका मेस्सीले ८७ औं मिनेटमा थप गोल गरे । मेस्सीको यो करियरको ४९ औं ह्याट्रिक हो । पाँच खेल खेलेको बार्सिलोना सबै खेल जित्दै १५ अंक सहित अंक तालिकाको शिर्षस्थानमा यथावत छ ।

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

Success

Thank you for your time.