8 years ago
September 20, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका खेलाडी औसमाने डेम्बेले चोटका कारण बाहिर हुँदा अन्य खेलाडीले उनलाई समर्थन जनाएका छन् । एबारसँगको खेलअघि बार्सिलोनाका खेलाडीले उनको समर्थनको सन्देश अंकित टी-सर्ट पहिरिएका थिए ।
बार्सिलोनाका खेलाडीहले खेलअघि ‘Courage Dembel’ अर्थात ‘सहास डेम्बेले’ लेखिएको जर्सीमा देखिएका थिए । गेटाफेसँगको खेलमा चोट लागेपछि उनी चार महिनासम्म मैदान बाहिर रहनुपर्ने छ । त्यसकारण उनको हौसला बढाउन टोलीका अन्य साथीले यस्तो उपाय गरेको हुन् ।
कीर्तिमानी रकममा जर्मनीको बोरुसिया डर्टमन्डबाट बार्सिलोनासँग आबद्ध डेम्बेले ला लिगामा गेटाफेसँगको खेलमा चोटका कारण पहिलो हाफमा बाहिरिएका थिए । बार्सिलोनाका लागि तेस्रो खेल खेल्ने क्रममा चोट बोकेको डेम्बेले पहिलो पटक प्रशिक्षक एर्नेस्टो भाल्भर्देको पहिलो रोजाइमा परेका थिए ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]