8 years ago
September 21, 2017
म्याड्रिड (एजेन्सी) – पूर्व एट्लेटिको म्याड्रिडका फरवार्ड डिएगो कोस्टा पुन: एट्लेटिको फर्किने भएका छन् । हाल चेल्सीमा आबद्ध कोस्टा क्लबसँग झगडा परेका कारण आफ्नो घर ब्राजिलमै समय बिताइरहेका छन् ।
कोस्टाले यस अघि चेल्सीले एट्लेटिको म्याड्रिडसँग चाहिने भन्दा बढि रकम मागेर आफूलाई एट्लेटिको म्याड्रिड जान रोकेको आरोप लगाएका थिए ।
तर अन्तमा दुई क्लब बीच कोस्टाको भविष्यलाई लिएर सम्झौता भएको छ । विभिन्न पत्रपत्रिका अनुसार कोस्टाको सम्झौता सन् २०२१ को जुनसम्मको हुने छ । उनलाई एट्लेटिकोले ५५ मिलियन पाउन्ड दिएर भित्राउने छन् । यसैका साथ उनी क्लबका सबैभन्दा महँगा खेलाडी पनि हुने छन् ।
एट्लेटिको म्याड्रिडले आधिकारिक रुपमा कोस्टालाई २०१८ को जनवरी १ देखि मात्र खेलाडीका रुपमा दर्ता गर्न सक्ने छ । सोहि दिन नयाँ ‘ट्रान्सफर विन्डो‘ खुल्नका साथै एट्लेटिकोको ट्रान्सफर प्रतिबन्ध पनि हट्ने छ ।
सन् २०१४ मा एट्लेटिकोबाटै चेल्सी प्रस्थान गरेका कोस्टा चेल्सीको च्याम्पियन्स लिगको टोलीबाट बहिष्कार गरिएको थियो । प्रशिक्षण मैदानमा बहस परेपछि चेल्सीमा कोस्टाको स्थान अन्योलमा परेको हो ।
चेल्सीले कोस्टाको ठाउँमा एल्भारो मोराटा भित्र्याइ सकेका छन् । यस सिजन चेल्सी प्रिमियर लिग तालिकामा तेस्रो स्थानमा छ भने एट्लेटिको म्याड्रिड पनि ला लिगाको तेस्रैमा छ । त्यस्तै चेल्सी र एट्लेटिको म्याड्रिड आउने बिहिबार च्याम्पियन्स लिगमा पनि भिड्दै छन् ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]