default_image

8 years ago

September 22, 2017

रोनाल्डो, मेस्सी र नेयमार फिफा वर्ष खेलाडीको अन्तिम नामावलीमा

165 views

0 Bookmark

जुरिच (एजेन्सी) – विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले यस वर्षको फिफा वर्ष खेलाडीको लागि अन्तिम तीन जनाको नाम सार्वजनिक गरेका छन् । फिफा मुख्यालय जुरिचमा शुक्रबार सार्वजनिक गरिएको वर्ष खेलाडीमा पोर्चुगल तथा रियल म्याड्रिडका फरवार्ड क्रिष्टियानो रोनाल्डो, अर्जेन्टिना तथा बार्सिलोनाका लियोनेल मेस्सी र ब्राजिल तथा पिएसजीका नेयमार अन्तिम तीनको सुचीमा परेका छन् ।

ROnaldo Messi Neymar

फिफा वर्ष खेलाडीको घोषणा लण्डनमा अक्टोवर २३ तारिखमा हुदैछ । यस्तै फिफा वर्ष प्रशिक्षकको लागि युभेन्टसका मासिमिलियानो एलेग्री, रियाल म्याड्रिडका जिनेदिन जिदान र चेल्सीका एन्टेनियो कोन्टेबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै फिफा महिला वर्ष खेलाडीको लागि डियाना कास्टेलानोस्, क्यार्ली लोलोयड र लिक्की मार्टिन अन्तिम तीनमा परेकी छन् । महिला प्रशिक्षकमा निलिस निल्सेन, जेरार्ड प्रिचियर र सरिना विगम्यान अन्तिम सुचीमा पर्न सफल भएकी छन् ।

उत्कृष्ट गोलरक्षकमा इटाली तथा युभेन्टसको जियानलुजी बुफोन, कोष्टारिका रियाल म्याड्रिडका केलर नाभास र जर्मन तथा बायर्न म्युनिखका म्यानुयल निउर अन्तिम तीनको सुचीमा परेका छन् ।

यस्तै केभिन प्रिन्स बोयटिङ, एलेजान्द्रो कामार्गाे, डियाना कास्टेलानोस, मोउसा डिम्वेले, ओलिभर जिरउड, एभिलेस हुरटाडो, मारियो म्यानजुकिक, ओस्कारिनी मासुलुके, निमान्जा मेटिक र जोर्डी एम्बौलाले फिफा पुस्कार अवार्ड जितेका छन् ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.