8 years ago
September 23, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा अपराजित रहेको म्यानचेस्टर युनाइटेड आज साउथह्याम्पटनको सामना गर्दै छ । ५ खेलमा १३ अंक सहित युनाइटेड अग्रस्थानमा छ भने ८ अंक सहित साउथह्याम्पटन नवौँ स्थानमा छ ।
मध्य सातामा बर्टनसँग टोलीमा ठुलो परिवर्तन गरेको युनाइटेडले आफ्नो नियमत टोली यस खेलमा खेलाउने छ । उनका खेलाडी पल पोग्बा लामो समयका लागि घाइते छन् भने लिग कपमा खेलेका डिफेन्डर लुक श टोलीमा समावेश हुने सम्भावना छ । साउथह्याम्पटनका लागि कप्तान भर्जिल भ्यान डाइक ट्रान्सफर विवादपछि टोलीमा फर्कन सक्ने छन् ।
त्यस्तै अंक तालिकाको दोस्रोमा रहेको म्यानचेस्टर सिटीले पुछारमा रहेको क्रिस्टल प्यालेसको सामना गर्दै छ । सिटीका कप्तान भिन्सेन्ट कम्पनी चोटका कारण बाहिर छन् भने प्यालेसले डिफेन्डर ममडु साखोलाई टोलिमा पुन: स्वागत गर्ने छन् ।
अंक तालिकाको तेस्रो स्थानमा रहेको चेल्सीले भने स्टोक सिटीलाई आफ्नो घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा निम्त्याउँदै छ । पछिल्लो खेलमा आर्सनलसँग रातो कार्ड पाएका डेभिड लुइज यस खेलमा खेल्न प्रतिबन्धित छन् भने स्टोकका कप्तान रायन सक्रस टोलीमा चोटपछि आगमन गर्दै छन् ।
आजको पहिलो खेलमा भने टोटनह्याम हटस्परले वेस्ट ह्यामसँग भिड्दै छ । अन्य शीर्ष ६ टोली लिभरपुलले लेस्टरको सामना गर्दै छ । मध्यसाता को लिग कपमा लिभरपुल लेस्टरसँगै २-० ले हारेको थियो । लेस्टरका म्याटि जेम्स घाइते छन् भने लिभरपुलका तर्फबाट साडियो माने प्रतिबन्धित छन् र डेजान लभ्रेन घाइते रहेका छन् ।
नेपाली समय अनुसार आजका प्रिमियर लिगका खेलहरु :
वेस्ट ह्याम विरुद्ध टोटनह्याम ५.१५ बजे
बर्नली विरुद्ध हडर्सफिल्ड ७.४५ बजे
एभर्टन विरुद्ध बोर्नमाउथ ७.४५ बजे
म्यानचेस्टर सिटी विरुद्ध क्रिस्टल प्यालेस ७.४५ बजे
साउथह्याम्पटन विरुद्ध म्यानचेस्टर युनाइटेड ७.४५ बजे
स्वान्सी सिटी विरुद्ध वाटफोर्ड ७.४५ बजे
स्टोक सिटी विरुद्ध चेल्सी ७.४५ बजे
लेस्टर सिटी विरुद्ध लिभरपुल १०.१५ बजे
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]