default_image

8 years ago

September 23, 2017

चेल्सीको जितमा मोराटाको ह्याट्रिक

107 views

0 Bookmark

स्टोक (एजेन्सी) – रियल म्याड्रिडका पूर्व स्ट्राइकर अल्भारो मोराटाको गोलमा चेल्सीले स्टोक सिटीको ४–० को जित हासिल गरेको छ । 

Morata

चेल्सीले मोराटाको गोलमा खेलको सुरुआतमा अग्रता लिएको थियो । एचप्लीइक्वेटाको लामो पासलाई सदुपयोग गर्दै दोस्रो मिनेटमा नै मोराटाले गोल गरेका थिए । चोटमुक्त भएर फर्केका पेड्रो रोड्रिग्वेजले ३० औं मिनेटमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर गरे । उनले पेनाल्टी बक्सको बाहिरबाट गोल गरेका हुन् । चेल्सीका लागि थप २ गोल गर्दै मोराटाले ह्याट्रिक पुरा गरे । ७७ औं मिनेटमा र ८२ औं मिनेटमा गोल गर्दै मोराटाले ह्याट्रिक गरेका हुन् ।

यसै सिजन रियलबाट ६० मिलियन पाउण्डमा अनुबन्धित २४ वर्षीय स्पेनिस खेलाडीको प्रिमियर लिगमा ६ खेलमा छैटौं गोल हो । यो जितसँगै चेल्सीको ६ खेलमा ४ जित , १ बराबरी र १ जितसँगै १३ अंक भएको छ ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.