8 years ago
September 23, 2017
अलाभा (एजेन्सी)– दोस्रो हाफमा अलाभेसको दुई प्रहार पोस्टमा लागेपछि रियल म्याड्रिड ला लिगामा अंक गुमाउनबाट जोगिएको छ । पहिलो हाफमा डेनियल सेबालोसले दुई गोल गरेपछि रियलले आज अलाभेसमाथि २–१ को जित हासिल गरेको छ ।
खेलको १० औं मिनेटमा गोल गर्दै सेबालोसले रियललाई अग्रता दिलाएपनि मानु गार्सियाले घरेलु टोलीलाई ४० औं मिनेटमा गोल गर्दै खेलमा फर्काएका थिए । सेबालोसले ४३ औं मिनेटमा अर्को गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा घरेलु टोलीले पटक पटक अवसर गुमाएपछि बराबरी हुन सकेन । अल्फन्सो पेड्राजाको प्रहार ७० औं र ७७ औं मिनेटमा पोस्टमा लागेर बाहिरिएपछि रियल बराबरीबाट जोगिएको थियो । रियलको दोस्रो हाफका केहि गोल गर्ने प्रयास विफल रहे ।
६४ औं मिनेटमा सर्जियो रामोसले रियललाई गोल दिलाएपनि क्रिस्टियानो रोनाल्डोले फाउल गरेको भन्दै रेफ्रीले त्यो गोल अस्वीकार गरेका थिए । ८६ औं मिनेटमा रियलका लागि २ संयौ खेल खेलेका इस्कोले मिलाएको पासमा रामोसको प्रहार आकाशिएको थियो ।
हाइलाइट्स
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]