8 years ago
September 23, 2017
साउथह्याम्पटन (एजेन्सी)– साउथह्याम्पटनलाई १–० ले हराउँदै म्यानचेस्टर युनाइटेडले यस सिजनको अपराजित यात्रालाई निरन्तरता दिएको छ । युनाइटेडका लागि निर्णायक गोल रोमेलु लुकाकुले गरे ।
पहिलो हाफको २० औँ मिनेटमा पोस्ट नजिकैबाट लुकाकुले गरेको प्रहारबाट गोलभएपछि युनाइटेडले अग्रता लिएको थियो । यो गोलसँगै लुकाकुले लुइस साहाको युनाइटेडका लागि पहिलो ६ खेलमा गोल गर्ने कीर्तिमानसँग बराबरी गरेका छन् ।
युनाइटेडले पहिलो हाफको अन्तिम मिनेटमा गोलअन्तर दोब्बरको अवसर पाएको थियो । तर मार्कोस रासफोर्डले प्रहार गरेको फ्रिकिक गोलपोस्टबाट थोरै बाहिरिएको थियो ।
त्यस्तै साउथह्याम्पटनका ओरियल रोमेउ टोलीलाई दोस्रो हाफमा बराबरी गर्नबाट चुकेका थिए । साउथह्याम्पटनले दोस्रो हाफमा पहिलो हाफको तुलनामा बढी अवसर सिर्जना गरेपनि तिनलाई परिणत भने गर्न सकेको थिएन ।
यस जितसँगै युनाइटेड छिमेकी म्यानचेस्टर सिटीसँग गोल अन्तरका हिसाबमा प्रिमियर लिगको दोस्रो स्थानमा छ भने साउथह्याम्पटन अंकतालिकाको ११ औं स्थानमा झरेको छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]