8 years ago
September 23, 2017
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि ५-० को सहज जित दर्ता गरेको छ । यस जितसँगै सिटी प्रिमियर लिगको अंक तालिकाको शीर्षस्थानमा रहन सफल भएको छ ।
लेरोय सानेले पहिलो हाफको अन्तिम मिनेटतिर सिटीलाई खेलमा अग्रता दिलाएका थिए । त्यसपछी रहिम स्टेर्लिङले ५१ औँ र ५९ औँ मिनेटमा गोल गर्दै सिजनको आफ्नो चौथो र पाँचौं गोल गरे । त्यसैगरी अघिल्लो खेलमा ह्याट्रिक गरेका सर्जियो अगुएरोले सानेको पासमा सिटीको चौथो गोल गरे ।
त्यस्तै फेबियन डेल्फले ८९ औँ मिनेटको गोल गर्दै सिटीलाई लिगको लगातार तेस्रो भारी अन्तरको जित दिलाए । यस अघि सिटीले वाटफोर्डलाई ६-० र लिभरपुललाई ५-० ले हराएको थियो ।
सिटी आफ्नो छिमेकी म्यानचेस्टर युनाइटेडसँग समान अंकमा रहे पनि गोल अन्तरका आधारमा अंक तालिकाको शीर्षस्थानमा उक्लेको हो । त्यस्तै क्रिस्टल प्यालेस भने यस सिजन गोलविहीन तथा अंक विहीन रहँदै पुछारमा छ ।
यस अघि टोटनह्यामले वेस्ट ह्यामलाई ३-२ ले हराएको थियो । टोटनह्यामको जितमा ह्यारी केनले दुई गोल गरे भने क्रिस्टियन एरिक्सनले एक गोल गरे । वेस्ट ह्यामका लागि चिचारिटो र चेखो कुयाटेले एकएक गोल गरेका थिए । सो खेलमा टोटनह्यामका नव डिफेन्डर सर्ज अरियरले दोस्रो हाफको ७० औँ मिनेटमा रातो कार्ड पाएका थिए ।
आज प्रिमियर लिगमा खेलिएका अन्य खेलहरुको नतिजा-
बर्नली ०-० हडर्सफिल्ड
एभर्टन २-१ बोर्नमाउथ
स्वान्सी सिटी १-२ वाटफोर्ड
स्टोक ०-४ चेल्सी
साउथह्याम्पटन ०-१ म्यानचेस्टर युनाइटेड
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]