default_image

8 years ago

September 24, 2017

लिभरपुलले लेस्टरलाई हरायो

91 views

0 Bookmark

 

लेस्टर (एजेन्सी)– लिभरपुलले प्रिमियर लिगमा गए राती लेस्टर सिटीलाई ३–२ ले हराएको छ । लिभरपुलका लागि मोहोम्मद सलाह , फिलिपे कौटिन्हो र कप्तान जोर्डन हेन्डरसनले गोल गरे ।

Leicester City v Liverpool - Premier League

कौटिन्होले क्लबका लागि सिजनको पहिलो गोल गरे । भ्रमणकारी टोलीका गोलकिपर सिमोन मोग्नोलेटले जेमी भार्डीकोे पेनाल्टी रोकेपछि लिभरपुलले निकै प्रतिस्पर्धात्मक खेलमा ३ अंक प्राप्त गर्न सफल भएको हो । मंगलबार लिग कपमा लिभरपुललाई हराएको लेस्टरले खेलको १५ औं मिनेटमा पहिलो गोलको सामना गर्यो । कौटिन्होको उत्कृष्ट क्रसमा सलाहले हेड गर्दै लिभरपुललाई अग्रता दिलाए ।

पहिलो गोलमा पास मिलाएका कौटिन्होले २३ औं मिनेटमा उत्कृष्ट फ्रिकिक मार्फत गोल गरे । लेस्टरले पहिलो हाफको इन्जुरी समयमा ओकाजाकीको गोलमा खेलमा फर्कने प्रयास गर्यो । ओकाजाकी लिभरपुलको डिफेन्सबाट अनमार्कड रहँदा गोल गर्न सफल भए ।६८ औं मिनेटमा गोल गर्दै लिभरपुलका कप्तान हेन्डरसनले लिभरपुलको अग्रतालाई पुनः फराकिलो पारे ।

हेन्डरसनको गोलपछि लिभरपुलको जित निश्चित जस्तै देखिएको थियो, तर लेस्टरले दबाब दिंदै खेलमा फर्किने प्रयास जारी राख्यो । ६९ औं मिनेटमा भार्डी ले गोल गरे । डेमाराइ ग्रेको प्रहारलाई मिग्नोलेटले रोकेपनि रिबाउन्डमा खाली पोस्टमा भार्डीले हेड गरेका थिए । त्यसको लगतै ७२ औं मिनेटमा लेस्टरको काउन्टर एट्याकमा मिग्नोलेटले भार्डीलाई लडाएपछि पाएको पेनाल्टीलाई मिग्नोलेटले बचाउ गरे । जसका कारण घरेलु टोली बराबरी गर्नबाट चुक्यो ।

६ खेलमा २ बराबरी गरेको लिभरपुलको ३ जित सहित ८ अंक छ । लिभरपुल अंक तालिकाको पाँचौ स्थानमा उक्लेको छ भने लेस्टर १ जित , १ बराबरी र ४ पराजयसँगै १६ औं स्थानमा छ ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.