default_image

8 years ago

September 24, 2017

नेयमार बिनाको पिएसजी गोलरहित बराबरीमा रोकियो

118 views

0 Bookmark

मोन्टपिलेर (एजेन्सी) – फ्रान्सेली लिग १ मा पेरिस सेन्ट जर्मनले (पिएसजी) गएराति मोन्टपिलेरसँग गोलरहित बराबरी खेलेको छ । शतप्रतिशत सुरुवात गरेको पिएसजीले यससँगै सिजनको आफ्नो पहिलो अंक गुमाएको हो ।

mbappe

पछिल्लो खेलमा काभानीसँग पेनाल्टी र फ्रिकिक कसले लिने भन्ने विवादमा परेका नेयमारले मोन्टपिलेरसँगको खेल घुँडामा चोटका कारण गुमाएका थिए । खेलमा अधिकांश पोसेसन राखे पनि पिएसजीले गोलरक्षक लेकोम्टेलाई धेरै खासै सम्स्यामा पार्ने भने सकेको थिएन ।

किलियन बाप्पेको दुई राम्रा प्रहार घरेलु टोलीका गोलरक्षक बेन्जामिन लेकोम्टेले बचाऊ गरेका थिए । शुक्रबार राति साविक विजेता मोनाकोले लिललाई ४-० ले हराएको थियो ।

यसैका साथ ७ खेलमा ६ जित र एक बराबरीसहित पिएसजी अंकतालिकको शीर्षस्थानमा यथावत नै छ । त्यस्तै मोनाको ७ खेलमा ६ जित र १ हारसहित तालिकको दोस्रो स्थानमा रहेको छ । गएराति लिग १ का अन्य खेलहरुको नतिजा – लियोन ३-३ डिजोन मेट्ज ०-१ ट्रोयस बोर्डो ३-१ गुइनग्याम्प कायन १-० एमियन्स

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.