default_image

8 years ago

September 24, 2017

बार्सिलोनाको शतप्रतिशत यात्रा कायमै

118 views

0 Bookmark

जिरोना (एजेन्सी) – ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले गएराति जिरोनालाई ३-० ले हरायो । बार्सिलोनाका लागि एक गोल लुइस स्वारेजले गरे भने अन्य दुई गोल जिरोनाका खेलाडीद्वारा आत्मघाती गोल भएको थियो ।

Barcelona

खेलको १७ औँ मिनेटमा जोर्डी अल्बाले गरेको प्रहार जिरोनाका आर्डे बेनिटेजलाई लागेर गोलपोस्टभित्र छिरेको थियो । पहिलो हाफमा लियोनल मेस्सीको फ्रिकिकलाई इराइजोजले राम्रो बचाऊ गरेका थिए । त्यस्तै एलेक्स भिडालको ४८ औँ मिनेटको प्रहार जिरोनाको गोलरक्षक गोर्का इराइजोजलाई लागेर पोस्टको दिशा लिएको थियो । ६९ औँ मिनेटमा सेर्जि रोबर्टोले दिएको लामो पासलाई फरवार्ड लुइस स्वारेजले सदुपयोग गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए ।

जितसँगै बार्सिलोनाले यस सिजनका ६ खेलमै ६ जित दर्ता गर्दै अंक तालिकाको अग्रस्थानमा छ भने साविक विजेता रियल म्याड्रिड ११ अंक सहित चौथो स्थानमा रहेको छ ।

गएराति ला लिगामा खेलिएका अन्य खेलहरुको नतिजा

एट्लेटिको म्याड्रिड २-० सेभिया

आलाभेस १-२ रियल म्याड्रिड

मालागा ३-३ एट्लेटिको बिल्बाओ

हाइलाइट्स 

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.