default_image

8 years ago

September 26, 2017

नेयमारलाई पेनाल्टी हान्ने अनुमति दिन काभानीलाई बोनस प्रस्ताव

120 views

0 Bookmark

पेरिस (एजेन्सी)– फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)का लागि पेनाल्टी प्रहार गर्ने विषयलाई लिएर विवाद उत्पन्न भएपछि क्लबका अध्यक्ष नासिर अल खेलाईफीले एडिन्सन काभानीलाई बोनस रकम प्रस्ताव गरेका छन् ।

Paris Saint-Germain's Uruguayan forward

बेलायती समाचार श्रोत  मिररका अनुसार नेयमारलाई पेनाल्टी प्रहार गर्न दिन काभानी समक्ष १ मिलियन युरोको प्रस्ताव राखिएको छ । अघिल्लो साता एल’इक्विपले  जनाए अनुसार काभानीले फ्रेन्च लिगमा सबै भन्दा धेरै गोल गरेमा १ मिलियन युरो पाउनेछन् ।

तर काभानीले नेयमारलाई खुसीका साथ पेनाल्टी हान्ने भूमिका दिएमा सो बमोजिमको बोनस प्राप्त गर्नेछन् ।लिग १ को खेलमा पेनाल्टी लिने क्रममा नेयमार र काभानीबीच विवाद सिर्जना भएको थियो । विवाद कै कारण लियोनसँगको खेलपछि उनीहरुलाई ड्रेसिङ्ग रुममा छुट्टाछुट्टै राख्न परेको थियो ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.