default_image

8 years ago

September 26, 2017

आर्सनलको जितमा लाकाजेटको दुई गोल

126 views

0 Bookmark

लन्डन (एजेन्सी) – प्रिमियर लिगमा गएराति आर्सनलले वेस्ट ब्रोममाथि २-० को सहज जित दर्ता गरेको छ । आर्सनलको जितमा दुवै गोल एलेक्जान्डर लाकाजेटले गरेका थिए ।

Lacazette

खेलको २१ औँ मिनेटमा एलेक्सिस सान्चेजले प्रहार गरेका फ्रिकिक पोस्टमा लागेर फर्किँदा लाकाजेटले सो अवसरलाई सदुपयोग गर्दै हेडरमार्फत खेलको पहिलो गोल गरे । त्यस्तै दोस्रो हाफमा वेस्ट ब्रोमका डिफेन्डर एलेन न्योमले आरोन राम्जीलाई डि-बक्समा लडाउँदा पाएको पेनाल्टीलाई पुन: लाकाजेटले गोलमा परिणत गरेका थिए ।

अर्को तर्फ आठौँ मिनेटमा आर्सनलका स्कोड्रान मुस्ताफीले जे रोड्रिगेजलाई बक्समा लडाउँदा वेस्ट ब्रोमले पेनाल्टी पाएको थिएन । सो निर्णयलाई लिएर वेस्ट ब्रोमका प्रशिक्षक टोनी प्युलिस खेलपछी केही निराश पनि देखिन्थे ।

खेलमा दुई गोल गरेका लाकाजेट प्रिमियर लिगमा आर्सनलका लागि घरेलु मैदानमा पहिलो तीनै खेलमा गोल गर्ने पहिलो खेलाडि बने । उनी यसै सिजन फ्रान्सको लियोनबाट आर्सनल आएका हुन् ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.