8 years ago
September 26, 2017
डर्टमन्ड (एजेन्सी) – च्याम्पियन्स लिगको समूह चरणको खेलमा आज साविक विजेता रियल म्याड्रिड बोरुसिया डर्टमन्डसँग भिड्दै छ । खेल आज नेपाली समय अनुसार रातिको १२.३० बजे सुरु हुने छ ।
पहिलो खेलमा एपोएललाई ३-० ले हराएको रियलले डर्टमन्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा उसको सामना गर्दै छ । डर्टमन्ड भने आफ्नो पहिलो खेल इङ्गलिस टोली टोटनह्याम हटस्परसँग ३-१ ले हारेकोले प्रतियोगितामा आफ्नो पहिलो अंकको खोजिमा हुने छ ।
घरेलु टोली डर्टमन्डका लागि थुप्रै खेलाडिहरु घाइते रहेका छन् । आन्द्रे सरल, सेब्यास्टियन रोड, राफायल गुरेरो, एरिक डर्म र मार्को रोइस डर्टमन्डका लागि हाल घाइते छन् ।
त्यस्तै रियल म्याड्रिडका पनि करिम बेन्जिमा, जेसस भाल्लेयो, थियो हेर्नान्डेज, माटियो कोभासिच चोटका कारण टोलीसँग भ्रमण गरेका छैनन् । रियलका मिडफिल्डका मेरुदण्ड मानिने टोनी क्रुस पनि चोटिल छन् तर उनले सुरुवात गर्ने केहि सम्भावना रहेको छ ।
रियलले अहिलेसम्म डर्टमन्डलाई उसको घरेलु मैदानमा हराउन सकेको छैन । घरुलु लिगमा ग्ल्याडब्याकलाई ६-१ ले हराएकाले र रियल राम्रो लयमा नभएकाले पनि डर्टमन्ड सो रेकर्डलाई कायम राख्ने दाउमा हुने छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]