default_image

8 years ago

September 26, 2017

बायर्नसँग खेल्न नेयमार फिट

145 views

0 Bookmark

पेरिस (एजेन्सी)– चोटका कारण फ्रान्सेली लिग १ को अघिल्लो खेल गुमाएका नेयमार च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग खेल्नका लागि फिट रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक उनाइ इमेरीले जनाएका छन् ।

Ligue 1 - Paris St Germain vs Olympique Lyonnais

मोन्टपिलेरसँग घुँडाको चोटका कारण नेयमार खेलेका थिएनन् । उक्त खेलमा पिएसजीले अंक गुमाएका थियो । पिएसजीले अंक गुमाएको सिजनको त्यो पहिलो खेल हो । प्रशिक्षक इमेरीले भने, ‘नेयमार फिट छन् र बायर्नको सामना गर्ने टोलीमा छन् ।’ त्यस्तै इमेरीले पेनाल्टी प्रहार गर्न नेयमार र काभानी दुवैलाई अवसर दिने जनाए ।

‘हाम्रो टोलीमा पेनाल्टी प्रहार गर्नसक्ने थुप्रै खेलाडी छन्,’ उनले भने, ‘तर मैले नेयमार र काभानीलाई दुवै अवसर दिने निर्णय गरेको छु । हामी सके सम्म धेरै पेनाल्टी जितेर दुवै खेलाडीलाई प्रहार गर्ने अवसर दिनेछौं ।’ च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा बुधबार राती पिएसजीले घरेलु मैदानमा जर्मन टोली बायर्न म्युनिखको सामना गर्दैछ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.