8 years ago
September 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१८ च्याम्पियनसिप अन्तर्गत अन्तिम दिनमा बंगलादेशले घरेलु टोली भुटानलाई हराएपछि नेपालको उपाधि जित्ने सम्भावना अन्तिम खेलमा निर्भर रहनेछ ।
बंगलादेशका लागि जाफार इकबालले ८३ औं र ९० औं मिनेटमा गोल गर्दै खेलको अन्तिम समय तिर जित सुनिश्चित गरेका थिए ।
बंगलादेशले तेस्रो जितसँगै ९ अंक बटुलेपछि भारतको भने उपाधि जित्ने सम्भावना सकिएको छ । बंग्लादेशले भारतलाई ४-३ ले पराजित गरेकाले भारतले ९ अंक बनाएपनि हेड टु हेडका आधारमा बंगलादेशले उपाधि जित्ने छ । तर अन्तिम खेलमा नेपालले भारतलाई पराजित गरेमा नेपाल हेड टु हेडका आधारमा च्याम्पियन बन्ने छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]