8 years ago
September 28, 2017
मस्को (एजेन्सी) – च्याम्पियन्स लिगको समूह एमा शतप्रतिशत नतिजा कायम राख्दै म्यानचेस्टर युनाइटेडले सिएसकेए मोस्कोमाथि ४-१ को सहज जित दर्ता गरेको छ । युनाइटेडका लागि रोमेलु लुकाकुले दुई गोल गरे भने एन्थोनि मार्सियाल र हेनरिक मिखितार्यानले एकएक गोल गरे ।
चौथो मिनेटमै लुकाकुमार्फत खेलमा अग्रता लिएको युनाटेडका लागि मार्सियालले १८ औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर बनाएका थिए । त्यस्तै २६ औँ मिनेटमा फेरी लुकाकुले गोल गर्दै पहिलो हाफमै स्कोर ३-० बनाए ।
एभर्टनबाट युनाइटेड आएयता त्यो लुकाकोको १० औँ गोल थियो । यसै गरी मिखितार्यानले ५७ औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई निराश बनाए । सिएसकेए मोस्कोले खेलको अन्तिम समयतिर कन्सटान्टिन कुचायबमार्फत एक सान्तवना गोल हात पारेको थियो ।
त्यस्तै अर्को इङ्ग्लिस टोली चेल्सीले एट्लेटिको म्याड्रिडसँग २-१ को रोमञ्चक जित हात पार्यो । घरेलु मैदानमा एन्टोनियो ग्रिजम्यानले ४० औँ मिनेटमा एट्लेटिकोलाई पेनाल्टीमार्फत अग्रता दिलाएका थिए ।
तर एल्भारो मोराटाको ५९ औँ मिनेटको गोलमा चेल्सी खेलमा फर्केको थियो । त्यसपछी खेलको चौथो मिनेटको इन्ज्युरी समयमा मिची ब्याटसुवायीले गोल गर्दै चेल्सीको रोमाञ्चक जित सुनिश्चित गरेका थिए । जितसँगै म्यानचेस्टर युनाइटेड र चेल्सी आआफ्ना समूहमा अग्रस्थानमा उक्लेका छन् ।
गए राति च्याम्पियन्स लिग खेलका अन्य नतिजाहरु –
बासेल ५-० बेनिफिका
युभेन्टस २-० ओलम्पियाकोस
काराबग १-२ रोमा
स्पोर्टिङ ०-१ बार्सिलोना
एन्डरलेक्ट ०-३ सेल्टिक
पिएसजी ३-० बायर्न म्युनिख
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]