default_image

8 years ago

September 28, 2017

हरेकको स्वभाव अलग भएपनि मिलेर काम गर्नुपर्दछ काभानी

273 views

0 Bookmark

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड इडिन्सन काभानीले टोलीको एकतामा जोड दिएका छन् । काभानी र नेयमारबीच केही दिन यता सम्बन्ध खराब भएको समाचार लगातार सार्वजनिक भएपछि काभानीको यस्तो भनाई आएको हो ।

दक्षिण अमेरिकी यी दुई स्टारबीच लियोनमाथि २–० को जित हासिल भएको खेलमा पेनाल्टी कसले हान्ने विषयमा विवाद मैदानमा विवाद परेको थियो । जसका कारण काभानी र नेयमारबीच सम्बन्ध चिसिएको अनुमान गरिएको थियो ।

पेनाल्टी घटनापछि पहिलो पटक गए राती एकै पटक मैदानमा देखिएका उरुग्वेली काभानी र ब्राजिलियन नेयमारबीच हार्दिकता देखिएको थियो । च्याम्पियन्स लिगको समूह चरणको उक्त खेलमा पिएसजीले बायर्न म्युनिखलाई ३–० ले हराएको थियो ।

सो खेलका दौरान नेयमार र काभानीले अंकमाल गरेका थिए । यद्दपी त्यो खेलभन्दा अघि यी दुईले एकअर्काको आँखा पनि नजुधाएको हल्ला चलेको थियो । बायर्न म्युनिखसँगको जितपछि काभानीले हरेक मान्छे अलग स्वभावको हुने र सफलताका लागि सबैले सँगै मिलेर जानु पर्ने बताएका छन् ।

हामी सबै अलग छौं । हरेक चिजलाई हेर्ने र व्यवहार गर्ने आ आफ्ना शैली छन्, काभानीले भनेका छन्, तर जति बेला हामी मैदानमा हुन्छौं, सबैले सँगै मिलेर काम गर्नुपर्दछ । हामी एउटै परिवार हौं । हाम्रो उद्देश्य भनेको टोलीलाई जित दिलाउनु हुनेछ ।

उनाइ इमरीको टोलीले सिजनको सुरुआत उच्च प्रदर्शनबाट गरेको छ । नेयमार र काभानी दुवै उच्च फर्ममा देखिएका छन् । आउने दिनमा असमझदारीलाई अझै कम गर्दै दुवैले टोलीलाई लिग १ र च्याम्पियन्स लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेल्ने प्रशिक्षक इमरीले विश्वास लिएको बताइएको छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.