8 years ago
September 28, 2017
बारिसा (एजेन्सी)- युरोपा लिगको समूह एच अन्तर्गत आज राति इङ्लिस टोली आर्सनलले बेलारुसी टोली बेट बिरोसोभको सामना गर्दै छ । खेल आज नेपाली समय अनुसार १०.४५ बजे सुरु हुने छ । समूह चरणको पहिलो खेलमा आर्सनल कोलोनसँग ३-१ ले विजयी रहेको थियो ।
त्यस्तै बेट भने ज्भेजडासँग १-१ को बराबरीमा रोकिएको थियो । आर्सनलले आफ्नो घरेलु लिग इङ्ग्लिस प्रिमियर लिगका पछिल्ला ३ खेलमा राम्रो प्रदर्शन गर्दै २ जित र १ बराबरी खेलेको छ । त्यस्तै बेटले भने आफ्ना पछिल्ला ४ खेलमा सहज जित दर्ता गरेको छ । आर्सनलले आफ्ना पहिलो रोजाईका धेरै खेलाडीलाई विश्राम दिने छ ।
एलेक्जान्डर लाकाजेट, एलेक्सिस सान्चेज, मेसुट ओजिल र पिटर चेक लगायत वारीष्ठ खेलाडीहरु बेन्चबाट सुरुवात गर्ने सम्भावना छ । बेट आर्सनलसँग आफ्नो प्राथमिकताको टोलिको साथै मैदानमा उत्रिने छ । बेटका सबै खेलाडीहरु फिट रहेका पनि उनका प्रशिक्षकले जनाएका छन् । बेटले यही साता घरलु लिगमा स्लुत्स्कलाई ६-० को भारी अन्तरले हराएको थियो ।
आज युरोपा लिगका अन्य खेलहरु –
भिक्टोरिया प्लेजेन विरुद्ध हापोएल – १०.४५ बजे
लुगानो विरुद्ध एफसिएसबि – १०.४५ बजे
कोलोन विरुद्ध ज्भेजडा – १०.४५ बजे
कोन्यास्पोर विरुद्ध गुइमारेस – १०.४५ बजे
साल्जबर्ग विरुद्ध मार्से – १०.४५ बजे
एथ्लेटिको बिल्बाओ विरुद्ध जोर्या – १०.४५ बजे
ओस्टरसन्ड्स विरुद्ध हेर्था बर्लिन – १०.४५ बजे
आस्टाना विरुद्ध स्लाभिया प्राग – ८.४५ बजे
माकाबि तेल अभिभ् विरुद्ध भियारियल – १२.५० बजे
लोकोमोटिभ मस्को विरुद्ध ज्लिन – १२.५० बजे
शेरिफ विरुद्ध कोपनहेगेन – १२.५० बजे
रोजनबर्ग विरुद्ध एफके भारडार – १०.४५ बजे
जेनिट सेन्ट पिटर्सबर्ग विरुद्ध रियल सोसिएडाड – १०.४५ बजे
लाजियो विरुद्ध जुल्टे वारेगेम – १०.४५ बजे
निस विरुद्ध भिटेस – १०.४५ बजे
लियोन विरुद्ध एटलान्टा – १२.५० बजे
एभर्टन विरुद्ध एप्पोल्लोन लिमास्सोल – १२.५० बजे
ब्रागा विरुद्ध इस्तानाबुल बासाक्सेहिर – १२.५० बजे
लुडोगोरेट्स विरुद्ध होफनह्याम – १२.५० बजे
पार्टिजान बेलग्रेड विरुद्ध डायनामो कियभ – १२.५० बजे
स्केन्डरबेउ विरुद्ध योङ बोयज – १२.५० बजे
एथेन्स विरुद्ध अष्ट्रिया – १२.५० बजे
एसि मिलान विरुद्ध रिजेका – १२.५० बजे
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]