8 years ago
September 29, 2017
बारिसा (एजेन्सी) – युरोपा लिगको समूह एचमा आर्सनलले गए राति बेलारुसी च्याम्पियन बेट बोरिसोभलाई ४-२ ले हराएको थियो । आर्सनलको जितमा थियो वाल्कटले दुई गोल गरे भने ओलिभियर जिरु र रब होल्डिङले एकएक गोल गरेका थिए ।
खेलको नवौँ मिनेटमा आर्सनलका मिडफिल्डर ज्याक विल्शेरको पासमा थियो वाल्कटले गोलको खाता खोलेका थिए । त्यस्तै २२ औँ मिनेटमा
बेटका गोलरक्षकको गलत पासको सदुपयोग गरेका वाल्कटले फेरि गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाउन सफल भए ।
वाल्कटको गोलको तीन मिनेटमै आर्सनलले स्कोर ३-० बनाएको थियो । कर्नरमा पर मर्टिस्याकरले पास गरेका बललाई युवा खेलाडी होल्डिङले पोस्टको दिशा दिँदै आर्सनलका लागि आफ्नो पहिलो गोल गरे । तर बेटका स्टार खेलाडी मिर्को इभानिचले २८ औँ मिनेटमा हेडरमार्फत खेल ३-१ बनाएका थिए ।
पहिलो हाफमा चार गोल भएको त्यस खेलमा दोस्रो हाफमा थप दुई गोल भयो । ४९ औँ मिनेटमा स्कोड्रान मुस्ताफिलाई लडाइँदा आर्सनलले पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई आर्सनलका फरवार्ड जिरुले गोलमा परिणत गर्दै आर्सनलका लागि आफ्नो १०० औँ गोल पुरा गरे । जिरु त्यस गोलसँगै आर्सनलका लागि १०० औँ गोल गर्ने १९ औँ खेलाडि बने ।
६७ औँ मिनेटमा मिखाइल गोर्डेचुकको बलियो प्रहारमार्फत बेटले खेलको आफ्नो दोस्रो गोल हात पार्दै खेल ४-२ बनाएका थिए । यस जितसँगै २ खेलमा ६ अंक बटुलेको आर्सनल समूह एचको पहिलो स्थानमा उक्लेको छ । समूहको अर्को खेलमा ज्भेजडाले कोलोनलाई १-० ले हराएको थियो ।
युरोपा लिगको अन्य खेलहरुको नतिजा –
भिक्टोरिया प्लेजेन ३-१ हापोएल
लुगानो १-२ एफसिएसबि
कोलोन ०-१ ज्भेजडा
कोन्यास्पोर २-१ गुइमारेस
साल्जबर्ग १-० मार्से
एथ्लेटिको बिल्बाओ ०-१ जोर्या
ओस्टरसन्ड्स १-० हेर्था बर्लिन
आस्टाना १-१ स्लाभिया प्राग
माकाबि तेल अभिभ् ०-० भियारियल
लोकोमोटिभ मस्को ३-० ज्लिन
शेरिफ ०-० कोपनहेगेन
रोजनबर्ग ३-१ एफके भारडार
जेनिट सेन्ट पिटर्सबर्ग ३-१ रियल सोसिएडाड
लाजियो २-० जुल्टे वारेगेम
निस ३-० भिटेस
लियोन १-१ एटलान्टा
एभर्टन २-२ एप्पोल्लोन लिमास्सोल
ब्रागा २-१ इस्तानाबुल बासाक्सेहिर
लुडोगोरेट्स २-१ होफनह्याम
पार्टिजान बेलग्रेड २-३ डायनामो कियभ
स्केन्डरबेउ १-१ योङ बोयज
एथेन्स २-२ अष्ट्रिया
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]