default_image

8 years ago

September 29, 2017

कोस्टा एट्लेटिकोको प्रशिक्षणमा सामेल

86 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– डिएगो कोस्टा अन्ततः एट्लेटिको म्याड्रिडको रंगिन जर्सीमा देखिएका छन् । चेल्सीबाट एट्लेटिको फर्केयता उनले बिहीबार पहिलो पटक टोलीमा अभ्यास गरेका छन् । च्याम्पियन्स लिगको समूह चरणमा उनको क्लब पूर्व टोली चेल्सीसँग पराजित भएको भोली पल्ट उनी प्रशिक्षणमा जुटेका हुन् ।

एट्लेटिकोले सामाजिक सञ्जालमार्फत कोस्टाले पुनः एक पटक क्लबको जर्सी लगाएकोमा गौरवान्वित भएको उल्लेख गरेको छ । यद्दपी कोस्टाले मैदानमा फर्कन भने जनवरी सम्म कुर्नु पर्ने हुन्छ । क्लब अहिले पनि सरुवा प्रतिबन्धमा रहेका कारण उनले कुर्नु परेको हो । कोस्टाको आगमनले समर्थकहरुमा पनि उत्साह देखिएको छ ।

कतिपय समर्थकले उनको नाम जर्सीमा समेत प्रिन्ट गरेका छन् । कोस्टाले बुधबार नयाँ र पुरानो क्लबबीचको च्याम्पियन्स लिग प्रतिस्पर्धा हेरेका थिए । जसमा एन्टोनी ग्रिजम्यानको गोलबाट एट्लेटिकोले अग्रता लिउको थियो । तर कोस्टाको ठाँउ लिएका अल्भारो मोराटोले बराबरी गोल फर्काएका थिए । मिचि बात्सहुएइले अन्तिम मिनेटमा गोल गरेपछि चेल्सी विजयी भएको थियो ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.