default_image

8 years ago

September 29, 2017

एसी मिलान प्रति बेकह्यामको विश्वास

139 views

0 Bookmark

मिलान(एजेन्सी)– इङ्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्यामले एसी मिलानप्रति आफ्नो निकै लगाव रहेको उल्लेख गर्दै पूर्व क्लबले युरोपियन फुटबलमा पुनः उचाई प्राप्त गर्ने विश्वास लिएका छन् । लोनमा सन् २००९ र २०१० मा दुई वर्ष मिलानमा बिताएका पूर्व मिडफिल्डरले त्यहाँ खेल्दा केही सुखद अनुभुती रहेको सुनाएका छन् ।

यहाँ मेरो धेरै सुखद स्मरणहरु छन् । ती मेरा लागि विशेष छन् । क्लब, यसका समर्थक र यो शहरले मलाई खुला हृदयले स्वागत गरेको थियो, ला गजेटा डेलो स्पोर्टससँगको कुराकानी क्रममा बेकह्यामले भनेका छन्, म इटाली र मिलानमा खेल्न मन पराउँथे । मैले मिलान र यो देशलाई मिस गरेको छु ।

उनले थपे, यहाँ बस्दा मलाई परिवारमा बसेको अनुभुती मिल्यो । मिलान र क्लबको लामो इतिहास छ । यहाँका मानिस, खाना र जति मैले जति साथी बनाए सबैलाई माया गर्छुु । बेकह्यामले मिलान पुनः बलियो बनेर फर्कनेमा आशावादी थिए । मलाई आशा छ मिलानले फेरी पनि आफ्नो उद्देश्यका लागि संघर्ष गर्नेछ, म्यानचेस्टर यूनाइटेडका पूर्व खेलाडी समेत रहेका बेकह्यामले भने, सिरी ए अहिले पनि विश्वको प्रतिस्पर्धात्मक र रोमाञ्चक लिग मध्ये एक हो ।

आफ्नो खेल जीवन प्रति कुनै गुनासो छ भन्ने प्रश्नका जवाफमा स्पेनिस क्लब रियल म्याड्रिडका पूर्व स्टारले भने, गुनासो । केही छैन । म्यानचेस्टर युनाइटेड खेल्दा म सानै थिए । मलाई त्यो क्लबको माया लाग्छ । मैले जति सक्थे त्यहाँ जिते । विश्वकै उत्कृष्ट केही क्लबबाट खेले । त्यहाँबाट खेल्दा मैले अलग संस्कृतीको अनुभव बटुल्ने मौका पाए ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.