8 years ago
September 29, 2017
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका मिडफिल्डर इस्कोले टोली ला लिगामा खराब फर्मबाट ग्रुजेपनि मनोबल भने कमजोर नभएको बताएका छन् । साविक विजेता जिनेदिन जिदानको टोली यो सिजन घरेलु मैदानमा तीन खेल सम्म जित्न असफल भएको छ ।
यद्दपी रियलले पछिल्लो एक सातामा दुई खेल जितेको थियो । जसमा च्याम्पियनन्स लिगको समूह चरणमा बुरुसिया डर्टमन्डलाई हराएको थियो । ‘खराब प्रदर्शनबाट गुज्रेपनि टोलीले कहिल्यै मनोबल गुमाएको छैन,’ उनले भने, ‘डर्टमन्डविरुद्ध हामीले उच्च प्रदर्शन गरेका थियौं । हामीले यो मैदानमा कहिल्यै जितेका थिएनौं । यसपटकको सफलता महत्वपूर्ण छ ।’
डर्टमन्डसँगको खेलमा क्षमता अनुसारको प्रदर्शन गर्न टोली सफल भएको उल्लेख गर्दै इस्कोले भने, ‘यसले बाँकी खेलमा मनोबल उच्च गर्न मद्दत पुग्नेछ ।’ ला लिगमा टोलीले सफलता प्रदर्शन नसकेकोका विषयमा उनले थपे, ‘ला लिगामा हाम्रो प्रदर्शन सन्तोषजनक हुन सकेको छैन । हामीले अवसर सृजना गरेपनि त्यसबाट नतिजा निकाल्न सकिरहेको छैनौं ।’ ६ खेल सकिदा रियल शीर्षस्थानको बार्सिलोना भन्दा ७ अंकले पछाडि रहेको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]