8 years ago
September 30, 2017
पेरिस (एजेन्सी)– ब्राजिलियन र पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार नेयमारले सञ्चारमाध्यमप्रति असन्तुष्टी जनाएका छन् । आफ्नो र टोलीका साथी इडिसन काभानीका विषयमा लिएर सञ्चारमाध्यमले विना कुनै सुचना निकै रचेको कथा बनाएको भन्दै नेयमारले आलोचना गरेका हुन् ।
केही साता अघि लियोनलाई पिएसजीले २–० ले हराएको खेलमा पेनाल्टी हान्ने विषयमा नेयमार र काभानीबीच विवाद भएता सञ्चारमाध्यममा धेरै समाचार र टिका टिप्पणी प्रकाशित भएका छन् । त्यो घटना पनि दुवैलाई डे«सिङ रुपमा अलग अलग राखिएको, दुवैले एकअर्कालाई हेर्दा पनि नहेरेकोलगायतका समाचार प्रकाशित भएको थियो ।
पिएसजीका नासिर अल खलिफाले नेयमारलाई पेनाल्टी हान्न दिन काभानीलाई एक मिलियन युरोको प्रस्ताव राखेको समेत समाचार प्रकाशित भएको थियो । २५ वर्षे नेयमारले दुई स्ट्राइकरबीच सम्बन्ध चिसिएको भन्ने विषयलाई लिएर सञ्चारमाध्यमले धेरै कथा बनाएको बताएका छन् ।
‘ उनीहरुले धेरै कथा चरे । धेरै कुरा गरे । उनीहरुले विना सुचना धेरै विषय बोले,’ उनले भने, ‘उनीहरुले डे«सिङ रुममा समेत हस्तक्षेपको प्रयास गरे । त्यस्ता विषय बाहिर ल्याए जसमा कुनै सत्यता छैन । ‘
अनेक हल्लाकाबीच मध्यसाता च्याम्पियन्स लिगको समूह चरणमा पिएसजीले बायर्न म्युनिखलाई ३–० ले हराउँदा नेयमार र काभानी दुवैले उच्च प्रदर्शन गरेको थियो । पिएसजीले आज राती लिग १ मा बोर्डेक्सको सामना गर्दैछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]