8 years ago
September 30, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा यस सिजन अपराजित रहेको म्यानचेस्टर युनाइटेड आज आफ्नो घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेसलाई स्वागत गर्दै छ । खेल आज राति नेपाली समयअनुसार ७.४५ बजे सुरु हुने छ ।
म्यानचेस्टर युनाइटेडका लागि डिफेन्डर फिल जोन्स घाइते रहेका कारण उनी नखेल्ने सम्भावना छ । त्यस्तै एन्थोनी मार्सियाल, मोरोएने फेलाइनी र एन्टोनियो भ्यालेन्सिया पनि चोटिल रहेका छन् । बुधबार च्याम्पियन्स लिगमा सिएसकेए मोस्कोलाई ४–१ ले हराए पनि युनाइटेडले टोलीमा धेरै हेरफेर नगर्ने सम्भावना छ ।
प्यालेस भने यस सिजनका आफ्ना ६ खेलमा सबै खेल गुमाउँदै एक गोल पनि गर्न सकेको छैन । यो इङ्ग्लिस प्रिमियर लिगकै इतिहासमा कुनै पनि टोलीका लागि सबैभन्दा खराब सुरुवात हो । प्यालेसका फरवार्ड क्रिस्टियन बेन्टेके घाइते रहेकाले यस खेलमा सहभागी हुने छैनन् । मिडफिल्डर विल्फ्रिड जाहा भने लामो समयका लागि घाइते रहेका छन् ।
गोल अन्तरका आधारमा म्यानचेस्टर सिटीसँग पछि पर्दै तालिकाको दोस्रो स्थानमा रहेको युनाइटेडले यस खेलमा आफ्नो गोलअन्तर अझ राम्रो बनाउन
खोज्ने छ । घरेलु टोलीले प्यालेस विरुद्धका पछिल्ला १६ खेलमा एउटा खेल पनि गुमाएको छैन । अर्को तर्फ युनाइटेडलाई निराश पार्दै प्यालेस आफ्नो सिजनको पहिलो अंकको खोजिमा हुने छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]