8 years ago
September 30, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिग तालिकाको तेस्रोमा रहेको चेल्सीले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीलाई आज स्ट्यामफोर्ड ब्रिजमा स्वागत गर्दै छ । नेपाली समयअनुसार खेल रातिको १०.१५ बजे सुरु हुने छ ।
म्यानचेस्टर सिटीको लागि सबैभन्दा ठुलो धक्का भने उसका यस सिजनका सर्वाधिक गोलकर्ता सर्जियो अगुएरोको अनुपस्थिति हुने छ । यो सिजन ६ गोल गरिसकेका अगुएरो बिहिबार आम्सटरड्याममा कार दुर्घटनामा परेका थिए ।
करङको हड्डी भाँचिएकाले अगुएरो २ महिनासम्म खेल्न नसक्ने बताइएको छ । त्यस्तै क्रिस्टल प्यालेससँगको ५-० को जितमा घाइते भएका सिटीका डिफेन्डर बेन्जामिन मेन्डि पनि लामो समयका लागि टोलिबाट बाहिरिने पक्का भएको छ । कप्तान भिन्सेन्ट कम्पनी पनि सिटीका लागि हाल घाइते रहेका छन् ।
अर्को तर्फ च्याम्पियन्स लिगमा एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको चेल्सीको मनोबल उच्च हुने छ । उसका डिफेन्डर डेभिड लुइज रातो कार्ड पाएका कारण यस खेलमा खेल्न प्रतिबन्धित छन् भने कप्तान गेरी केहिल टोलीमा फर्कँदै छन् ।
सिटीसँग आफ्नो घरेलु मैदानमा चेल्सीले अघिल्ला सातमध्ये केवल एक खेल हारेको छ । त्यस्तै यहि वर्ष फेब्रुअरीमा एफए कपमा भएको दुई टोली बीचको भिडन्तमा पनि चेल्सी ५-१ ले विजयी रहेको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]