default_image

8 years ago

September 30, 2017

टोटेनह्यामको जितमा केनको २ गोल

122 views

0 Bookmark

हडर्ल्सफिल्ड(एजेन्सी)– हेरि केनले २ गोल गरेपछि टोटेनह्याम हस्ट्सपरले प्रिमियर लिगमा अवे खेलमा सफल नतिजालाई निरन्तरता दिने क्रममा आज हडर्ल्सफिल्डलाई ४–० ले हराएको छ ।

नवौं मिनेटमा कानेको गोलबाट अग्रता लिएको टोटेनह्यामका लागि बेन डेभिसले १६ औं मिनेटमा वान चटमा गोल गरे । पहिलो हाफमै कानेले गोल थपे । यो सिजन प्रिमियर लिगम उनको ६ गोल पुगेको छ । खेलको इन्जुरी समयमा मोउसा सिसकोले गोल गरेपछि टोटेनह्यामको जित थप सहज बनेको थियो ।

लिगमा टोटेनह्यामको यो लगातार चौथो अवे जित हो । ७ खेलमा ४ जित र २ बराबरीका साथ टोली १४ अंकसहित तेस्रो स्थानमा उक्लेको छ । हडर्ल्सफिल्ड ९ अंकसहित १० औं स्थानमा छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.