8 years ago
October 1, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई १-० ले हराएको छ । सिटीको जितमा मिडफिल्डर केभिन डे ब्रुयनले दोस्रो हाफमा शानदार गोल गरेका थिए ।
म्यानचेस्टर सिटी आफ्ना यस सिजनका सर्वाधिक गोलकर्ता सर्जियो अगुएरो बिना मैदानमा उत्रेको थियो । अगुएरो बिहीबार कार दुर्घटनमा परेका कारण दुई महिनाका लागि खेल मैदानबाट बाहिर हुने बताइएको छ । त्यस्तै चेल्सीले पनि पहिलो हाफको ३५ औं मिनेटमै आफ्नो मुख्य फरवार्ड एल्भारो मोराटालाई चोटका कारण गुमाएको थियो ।
पहिलो हाफको अन्तिम समयतिर सिटीले पहिलो ठुलो मौका पाएको थियो । सो मौकामा फेर्नान्डोको हेडर चेल्सीका गोलकिपर थिबो कोर्टुवाले आकर्षक बचाऊ गरेका थिए । तर चेल्सीका पूर्व खेलाडीसमेत रहेका डे ब्रुयन खेलमा निर्णयक निर्णायक सावित भए । खेलको ६७ औँ मिनेटमा डि-बक्स बाहिरबाट उनले गरेको प्रहार नै सिटीलाई ३ अंक दिलाउन पर्याप्त भएको हो ।
त्यसपछि ग्याब्रियल जेससको भलिलाई एन्टोनियो रुडिगरले गोल लाइनबाट क्लियर गर्दै सिटीलाई थप गोल गर्नबाट रोकेको हो । यस जितसँगै सिटी फेरि अंकतालिकको अग्रसथानमा उक्लेको छ । खेलअघि म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई ४-० ले हराउँदा युनाइटेड पहिलो स्थानमा उक्लेको थियो । त्यस्तै चेल्सी भने तालिकाको चौथो स्थानमा झरेको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]