default_image

8 years ago

October 1, 2017

पिएसजीको जितमा नेयमारको २ गोल

136 views

0 Bookmark

पेरिस (एजेन्सी) – फ्रान्सेली लिग १ मा गए राती पेरिस सेन्ट जर्मन (पिएसजी) ले बोर्डोमाथि ६-२ को शानदार जित हात पारेको छ । यस जितसँगै पिएसजीले आफ्नो अपराजित यात्रा कायम गर्दै अंकतालिकाको पहिलो स्थानमा पनि पकड बनाएको छ ।

खेलभरी निकै आक्रामक रुपमा प्रस्तुत भएको पिएसजीले पहिलो हाफमा ५ गोल गरेको थियो । खेलको पाँचौं मिनेटमा पाएको फ्रिकिकलाई नेयमारले ३५-यार्डबाट सुन्दर गोल गरेका थिए । त्यस्तै एघारौँ मिनेटमा नेयमारकै पासमा एडिन्सन काभानीको प्रहारद्वारा घरेलु टोलीले आफ्नो अग्रता दोब्बर बनाएको थियो ।

खेलको २० मिनेटमै डिफेन्डर थोमस म्युनियरले डि-बक्स भित्रबाट गरेको बलियो प्रहारमार्फत पिएसजी ३-० को अग्रता लिन सफल भएको थियो । तर बोर्डोका युनोस सांखारेले ३१ औं मिनेटमा गोल गर्दै बोर्डोले खेलमा फर्किने झिनो आशा देखाएको थियो ।

तर नेयमारले ४० औं मिनेटमा गोल गर्दै बोर्डोको आशा त्यहिं समाप्त पारिदिए । पेनाल्टिमार्फत नेयमारले गरेका सो गोल लिग १ मा उनको छैठौँ गोल थियो । यस सिजन उनले ५ असिस्ट पनि गरिसकेका छन् । फ्रिकिक र पेनाल्टी कसले लिने भन्ने काभानी र नेयमार बीचको विवाद पनि नेयमारका फ्रिकिक र पेनाल्टी गोलबाट यहिं समाप्त भएको देखिन्छ ।

त्यस्तै पहिलो हाफको अन्तिम मिनेटतिर किलियन बाप्पेको सुन्दर पासमा जुलियन ड्राक्सलरले भलि गर्दै स्कोर ५-१ बनाएका थिए । खेलको ५८ औं मिनेटमा भने बाप्पे आफैंले गोल गर्दै पिएसजीका लागि आफ्नो पाँचौं गोल गरे । ९० औं मिनेटमा बोर्डोका फरवार्ड माल्कमले पेनाल्टीमार्फत गोल गर्दै स्कोर ६-२ बनाएका थिए ।

जितसँगै पिएसजीले आफ्नो ८ खेलमा २७ गोल गर्दै २२ अंक बटुलेको छ । त्यस्तै बोर्डो भने सिजनको पहिलो हारपश्चात तालिकको पाँचौं स्थानमा झरेको छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.