default_image

8 years ago

October 1, 2017

बार्सिलोना लास पाल्मासको सामना गर्दै

167 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगको पहिलो स्थानमा रहेको बार्सिलोना आज राति लास पाल्मासको सामना गर्दै छ । नेपाली समयअनुसार खेल ८ बजे सुरु हुने छ ।

Lionel Messi, Luis Suarez

ला लिगामा शतप्रतिशत नतिजा कायम गरिरहेको बार्सिलोनाले आज नु क्याम्पमा खराब लयमा रहेको लास पाल्मासको सामना गर्दै छ । बार्सिलोनाले लिगमा खेलिएका आफ्ना सबै ६ खेलमा जित दर्ता गरेको छ भने मध्यसाताको च्याम्पियन्स लिगमा पनि स्पोर्टिङलाई १-० ले हराएको थियो ।

अर्को तर्फ भ्रमणकारी टोलीले लिगको पछिल्लो खेलमा लेगानेससँग २-० को हार बेहोरेको थियो । बार्सिलोनाका उस्माने डेम्बेले घाइते रहेका छन् र उनको ठाउँमा डेनिस स्वारेजले लुइस स्वारेज र लियोनल मेस्सीलाइ अग्रपंक्तिमा साथ दिने छन् । त्यस्तै लास पाल्मासका लागि सेर्जि साम्पार, एलेन हालिलिभिच र भिटोलो घाइते रहेका छन् ।

बार्सिलोनाले लास पाल्माससँग खेलिएका पछिल्ला चार खेलमा सबैमा जित हांसिल गरेको छ । बार्सिलोनाले आफ्ना पछिल्ला १५ घरेलु खेलमा पनि सबैमा ३ अंक जोड्न सफल भएको छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.