default_image

8 years ago

October 7, 2017

स्पेन विश्वकपका लागि छनोट

122 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – एक पटकको विश्व विजेता स्पेन अर्काे वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबलका लागि छनोट भएको छ ।

Spain vs albania

युरोपियन क्षेत्रको छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा अल्बानियामाथि ३–० को सहज जित निकालेपछि एक खेल बाँकी छदै स्पेनले विश्वकपमा स्थान सुरक्षित गरेको हो । युरोपियन क्षेत्रको समूह ‘जी’ मा रहेको स्पेनले छनोट चरणको ९ खेलबाट २५ अंक जोड्दै शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान सुरक्षित गरेको हो । स्पेनको सहज जितमा रोड्रिगो, इस्को र थिएगो अल्कान्ताराले गोल गरे । तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो । १६ औं मिनेटमा रोड्रिगोले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाए । रोड्रिगोले इस्कोको पासमा गोल गरेका थिए । पहिलो गोलको लागि पास मिलाएका इस्कोले २३ औं मिनेटमा कोकीको पासमा गोल गर्दै अग्रता दोब्बर पार्दा त्यसको ३ मिनेट पछि नै थिएगो आल्कान्ताराले गोल गर्दै अग्रता तेब्बर पारे । दोस्रो हाफमा गोलको अवसर सिर्जना गरेपनि थप गोल हुन नसक्दा स्पेनले सहज जित निकाल्यो ।

यसै समूहमा रहेको चार पटकको विजेता इटाली भने मेसेडोनियासँग १–१ को बराबरीमा रोकिएपछि प्ले अफ खेल्नुपर्ने भएको छ । ४० औं मिनेटमा जर्जियो चिलियानीको गोलबाट अग्रता लिएको इटालीले त्यो अग्रता जोगाउन सकेन । ७७ औं मिनेटमा एलेक्सान्डर त्रानकोभोस्कीले मेसेडोनियाका लागि बराबरी गोल फर्काए । त्यसपछि थप गोल हुन नसक्दा दुवै टिमले अंक बाँडे । बराबरीसँगै इटालीको ९ खेलबाट २० अंकसहित दोस्रो स्थानमा रहेको छ । अर्को खेलमा इजरायलले लिचेस्टाइनलाई १–० ले हरायो ।

विश्वकप छनोटका अन्य खेलका नतिजाहरु

अष्ट्रियाविरुद्ध सर्विया ३–२
आयरल्याण्डविरुद्ध माल्दोभा २–०
जर्जियाविरुद्ध वेल्स ०१
क्रोएसियाविरुद्ध फिनल्याण्ड १–१
कोसोभोविरुद्ध युक्रेन ०–२
टकीविरुद्ध आइसल्याण्ड ०–३

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.